के कारण दिइयो एन आई सी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र ?

के कारण दिइयो एन आई सी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र ?

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • के कारण दिइयो एन आई सी एशिया बैंकलाई ISO 27001: 2013 प्रमाणपत्र ?

    काठमाडौं/ एन आई सी एशिया बैंकले अन्तर्राष्ट्रिय स्तरको सूचना सुरक्षाको प्रत्याभूति गराउने एवं इन्टरनेसनल अर्गनाईजेसन फर स्ट्यान्टरलाईजेसन (-International Organization for Standardization (ISO) बाट मान्यता प्राप्तISO 27001: 2013 (Information Security Management System)  मापदण्डको प्रमाण पाएको छ । 

    images
    images


    सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको एनआइसी एसिया बैंक मुलुककै अग्रणी स्थानमा रहेको वित्तिय संस्था मानिन्छ । 


    ISO 27001 मापदण्डको आवश्यकता अनुसार बैंकले आफ्ना ग्राहकहरुको व्यक्तिगत विवरण एवं अन्य जानकारीको सुरक्षामा निरन्तर सुधार गर्ने प्रतिबद्धता दिदै आएको छ ।

    यस्तै त्यस्ता विवरणहरुको सुरक्षणको सुनिश्चितता देखाए वापत बैंकलाई Quality Austria Certification & Information Security Services GmbH ले यस्तो प्रतिष्ठित प्रमाणपत्र दिएको जनाएको छ । 

    बैंकलाई भविष्यमा अझ सुरक्षित रुपमा ग्राहकहरुको वित्तीय एवं व्यक्तिगत जानकारी भण्डारण एवं प्रयोग गर्न प्रोत्साहन मिल्ने बैंकले विश्वास लिएको छ । 

    बैंकको तर्फबाट Certification & Information Security Services GmbH प्रति हार्दिक कृतज्ञता जाहेर गरेको छ ।


    बैंक मुलुकभर रहेका ३५८ शाखा कार्यालयहरू, ४७३ एटिएम, ६८ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक  हो । 

    २७ लाख ३६ हजार भन्दा बढी निक्षेप खाता एवं ९१ हजार भन्दा बढी कर्जा खाता गरी २८ लाख २७ हजार भन्दा बढी खाताहरू मार्फत ग्राहकहरू माझ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू उत्साहप्रद छन् । 

    कुल जनसंख्या मध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई बैंकमार्फत सेवा दिन बैंक सफल छ । 

    उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.२ अर्ब ८३ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ ।

     देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

     

    साताको लोकप्रीय