पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 

पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 

अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १० २०७८ (अर्काइभ बाट)
  • पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना सङ्क्रमण पुष्टि, २ जनाको मृत्यु 

    मुलुकमा आज शुक्रबार थप २७० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको छ ।  यस अवधिमा दश हजार ४४६ को पीसीआर परीक्षण गरिएको थियो । 

    images
    images

     योसँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गरिँदा सङ्क्रमितको सङ्ख्या आठ लाख २० हजार ५२७ पुगेको मन्त्रालयले जनाएको छ ।

      एन्टिजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या ९५ हजार ४५२ पुगेको छ । पछिल्लो समय थप ३०२ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख एक हजार ७२२ पुगेको छ ।

     निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

     योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५१८ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १।४ प्रतिशत रहेको छ । त्यसैगरी पछिल्लो समय एक लाख ९६ हजार ८५३ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

     हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या सात हजार २८७ रहेको छ । हाल होम आइसोलेशनमा छ हजार ८९६, संस्थागत आइसोलेशनमा ३९१, सघन उपचार कक्षमा १७५ र भेन्टिलेटरमा  ३३ जनाको उपचार हुँदैछ । 

    साताको लोकप्रीय