हाम्रो पात्रो एपबाट दुई महिनामै भित्रियो एक करोडबढी रेमिट्यान्स, इन्स्ट्यांन्ट ट्रान्सफर सेवा चाडै शुरु गरिने 

हाम्रो पात्रो एपबाट दुई महिनामै भित्रियो एक करोडबढी रेमिट्यान्स, इन्स्ट्यांन्ट ट्रान्सफर सेवा चाडै शुरु गरिने 

अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८
अर्थ डबली
शुक्रवार, मंसिर १७ २०७८ (अर्काइभ बाट)
  • हाम्रो पात्रो एपबाट दुई महिनामै भित्रियो एक करोडबढी रेमिट्यान्स, इन्स्ट्यांन्ट ट्रान्सफर सेवा चाडै शुरु गरिने 

    काठमाडौँ / नेपालकै लोकप्रिय एप हाम्रो पात्रो एपवाट १ करोड भन्दा बढिको  रेमिट्यान्स नेपाल भित्रिएको छ। 

    images
    images

    एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोले दुइ महिना आघि मात्र यो सुबिधा प्रयोगकर्तामाझ सुचारु गरेको थियो । 

    सो अवसरमा हाम्रो पात्रो इंक.का सीईओ शंकर उप्रेतीले प्रयोगकर्ता तथा साझेदारलाई धन्यवाद ज्ञापन गरेका छन् । उनले भने “यसबाट अझ काम गर्न थप हौसला प्राप्त भएको छ, म सबै प्रयोगकर्ताहरूलाई उहाँहरूको समर्थन र विश्वासको लागि आभार ब्यक्त गर्दछु।”

    नेपाली प्रयोगकर्ताहरूलाई कम शुल्कमा नेपालमा पैसा पठाउने सुबिधा दिने लक्ष्यसहित सेवा शुरु गरेको उनले बताए । उनले भने “अबको केहि समयमा अस्ट्रेलिया, जापानबाट पनि यो सुबिधा सुरु गर्ने गृहकार्य गर्दैछौ।”  

    ‘इन्स्ट्यांन्ट ट्रान्सफर’ सुबिधा चाडैँ आउने सीईओ उप्रेतीले बताए  ।  जसअन्तर्गत पैंसा पठाएको केहि समयमै नेपालको बैंक खाता अथवा मोबाइल एपमा पैंसा डिपोजिट हुनेछ।

    रेमिट सेवा सुरु भएसँगै कम्पनीले प्रयोगकर्तालाई आकर्षित गर्न विशेष अफरसमेत प्रदान गरेको छ। जसअनुसार प्रयोगकर्ताले हाम्रो पात्रोबाट सुरुवाती तीन पटकसम्म निःशुल्क रूपमा रेमिट्यान्सबाट नेपालमा रकम पठाउन सक्नेछन्।

    हाम्रो पात्रो एपले नेपाली एपहरुमा नयाँ नयाँ रेकर्ड कायम गर्दै गएको छ। यस अघि १० लाख र ५० लाख हुदै १ करोड डाउनलोड पुरा गर्नेमा हाम्रो पात्रो पहिलो नेपाली एप बनेको थियो। 

    पात्रो हेर्ने, मिति परिवर्तन फिचरसँगै सन् २०१० मा आईओएसमा तयार भएको यो एप सन् २०१२ मा एन्ड्रोइड प्ले स्टोरमा राखिएको थियो। 

    प्रयोगकर्ताले हाम्रोपात्रोको यो सेवा प्रयोग गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गरी गुगल प्ले स्टोरमा गएर तथा आईओएस एप स्टोरमा यहाँ गएर हाम्रोपात्रोको एप डाउनलोड अथवा अपडेट गर्नुपर्नेछ । 

    साथै यहाँ क्लिक गरेर वेबसाइटबाट समेत हाम्रोपात्रोको रेमिट सेवा प्रयोग गर्न सकिनेछ।

    साताको लोकप्रीय