वार्षिक साधारण सभामा च्याउ ब्राण्ड सार्वजनिक गर्दै

वार्षिक साधारण सभामा च्याउ ब्राण्ड सार्वजनिक गर्दै

अर्थ डबली
आइतवार, मंसिर १९ २०७८
अर्थ डबली
आइतवार, मंसिर १९ २०७८ (अर्काइभ बाट)
  • वार्षिक साधारण सभामा च्याउ ब्राण्ड सार्वजनिक गर्दै

    काठमाडौँ, / इन्द्रेणी मसरुम फार्म पब्लिक लिमिटेड कम्पनी चित्लाङ, मकवानपुरको सातौं वार्षिक साधारण सभामा च्याउ ब्राण्ड सार्वजकिन गर्दै नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानका सचिव डा महेशकुमार अधिकारी र थाहा नगरपालिका वडा नं ९ का अध्यक्ष पर्शुराम श्रेष्ठ ।

    images
    images

    chayu-a.JPG

    chayu-b.JPG

    chayu-c.JPG

    तस्वीर : रामलाल श्रेष्ठ

    थप समाचार :-

    काठेखोलामा कृषि तथा पशु उद्यमशील परियोजना : 

    गलकोट / बागलुङ जिल्लाको काठेखोला गाउँपालिकाले हेफर इन्टरनेशनलसँगको सहकार्यमा कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सुरु गरेको छ ।  

     गाउँपालिकाका आठवटै वडाका कृषकको हितलाई ध्यानमा राखेर रु तीन करोड ७३ लाख ३३ हजारको लागतमा उक्त परियोजना सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर थापाले बताए । 

     “कृषकको चाहनामा आधारित उद्यम सञ्चालनका लागि हामीले कृषि तथा पशु उद्यमशीलता विकास परियोजना सञ्चालन गर्न लागेका हौँ”, उनले भने, “कृषकलाई कृषि र पशुपालनका क्षेत्रमा सङ्गठित गर्दै उत्पादन बढाउनका लागि यो परियोजना धेरै उपयोगी हुने अपेक्षा गरेका छौँ ।”

     कृषकले कृषि र पशुपालनका क्षेत्रमा आफूले चाहेको व्यवसाय गर्न पाउने गरी सञ्चालन हुन लागेको तीनवर्षे यो परियोजनाका लागि गाउँपालिकाका अध्यक्ष थापा र हेफरका सहनिर्देशक दुर्गा केसीले सम्झौतामा हस्ताक्षर गरेको थियो ।

     यो परियोजनाको व्यवस्थापन भीमापोखरा युवा क्लब ९विवाइसी०ले गर्ने भएको छ परियोजनाका लागि वडास्तरमा कृषि समूह गठन गरी उद्यमीको प्रवद्र्धन, उद्यमीले उत्पादन गरेका उत्पादनको बजारीकरण गरिने विवाइसीका कार्यक्रम संयोजक चुडामणि उपाध्यायले जानकारी दिए ।

     परियोजनाका लागि गाउँपालिकाले पहिलो वर्ष रु ८० लाख, दोस्रो र तेस्रो वर्ष रु एक÷एक करोड लगानी गर्ने र त्यसको  २५ प्रतिशत रकम हेफरले लगानी गर्ने अध्यक्ष थापाले बताए । परियोजनाका लागि प्रशासनिक र तालिमका कार्यक्रम सबै हेफरले गर्ने भएको छ ।

     परियोजनामार्फत उद्यमशीलताको विकास गरी कृषकलाई सहकारीमा आबद्ध गराउँदै उनीहरुद्वारा उत्पादित सामान सङ्कलन र बजारीकरण गर्ने परियोजनाको लक्ष्य छ ।

      हेफरले यसअघि विवाइसीसँगको साझेदारीमा गाउँपालिका– ४ तङ्ग्राममा पशुबस्तुको मूल्य शृङ्खलामा आधारित साना किसानको संस्था सवलीकरण परियोजना परियोजना सञ्चालन गरेको थियो ।

     उक्त परियोजनामार्फत सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्था र वसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले बाख्रा उत्पादन गर्दै आएका छन् । 

     करिब आठ वर्षदेखि सञ्चालनमा रहेको परियोजनामार्फत दुई सहकारीले बाख्रा बेचेर वार्षिक रु तीन करोडभन्दा बढी आयआर्जन गरेका छन् । 

     कृषकलाई उत्पादनमा केन्द्रित गराउने र उनीहरुबाट उत्पादित वस्तुको सङ्कलन र बजारीकरणका लागि सहकारीलाई परिचालन गरिँदै आइएको छ ।

    साताको लोकप्रीय