‘नेपाल आइडल सिजन ४’को मुख्य प्रायोजक बन्यो कोका–कोला 

‘नेपाल आइडल सिजन ४’को मुख्य प्रायोजक बन्यो कोका–कोला 

अर्थ डबली
सोमवार, मंसिर २० २०७८
अर्थ डबली
सोमवार, मंसिर २० २०७८ (अर्काइभ बाट)
  • ‘नेपाल आइडल सिजन ४’को मुख्य प्रायोजक बन्यो कोका–कोला 

    काठमाडौँ / सर्वाधिक लोकप्रिय पेय पदार्थ कोका-कोलाले अन्तर–राष्ट्रिय लोकप्रिय सांगितिक रियालिटी शो नेपाल आइडल सिजन ४ मा मुख्य प्रायोजन गरेको छ ।

    images
    images
    images

    यो कोका–कोला र नेपाल आइडलको दोश्रो वर्षिय सहकार्य हो । कोका–कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।

    हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले भने, “कोका–कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो ।”

    उनले हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन–झन मिठो गाउने प्रतिस्पर्धीहरूको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गइरहेको बताए । 

    उनले भने “हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका–कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा हामी अत्यन्त खुशी छौँ । सम्पूर्ण प्रतिस्पर्धी र नेपाल आइडल टिमलाई कोका–कोलाको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ ।”

    सोही अवसरमा नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले भने, “नेपाल आइडलको सिजन ४ मा पनि कोका–कोलासँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । हामी सबैलाई थाहा भएकै कुरा हो कोका–कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ ।”

    गत वर्ष सज्जा चौलागाईंले नेपाल आइडलको उपाधि जितेकी थिइन् । उनले आफ्नो सांगीतिक यात्रालाई कडा परिश्रमको साथ अगाडि बढाई रहेको पौडेले बताए । यसपालि अझ दमदार प्रतिस्पर्धीहरूको सहभागितासँगै नयाँँ विजेता को हुनेछ भनेर थाहा पाउन निकै नै आतुर रहेको उनी बताउँछन् । 

    नेपाल आइडल देशव्यापी रुपमा मंसिर २२ बाट एपिवान टेलिभिजनमा प्रसारण हुँदैछ । यो प्रख्यात कार्यक्रम पप आइडलको नेपाली फ्रयानचाइज हो र यसले गायक बन्न चाहने प्रतिभाशाली व्यक्तिहरूलाई प्ल्याटफर्म दिँदै आइरहेको छ ।

    साताको लोकप्रीय