नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ गतेदेखि शुरू हुने, यस्ता छन् आकर्षण 

नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ गतेदेखि शुरू हुने, यस्ता छन् आकर्षण 

अर्थ डबली
बिहिवार, फागुन १९ २०७८
अर्थ डबली
बिहिवार, फागुन १९ २०७८ (अर्काइभ बाट)
  • नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी फागुन २७ गतेदेखि शुरू हुने, यस्ता छन् आकर्षण 

    काठमाडौँ / मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्यूचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.ले संयुक्त रूपमा आयोजना गर्दै आइरहेको नेपाल बिल्डकन अन्तर्राष्ट्रिय प्रदर्शनी यही फागुन २७ गतेदेखि शुरु हुने भएको छ । आयोजक कम्पनी मिडिया सोलुसन्सका अनुसार उक्त प्रदर्शनी फागुन २७ गते देखि २९ गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा हुने भएको हो । 

    images
    images

    सो अन्तराष्ट्रिय प्रदर्शनीमा विभिन्न देशका ३०० भन्दा बढी ख्याती प्राप्त ब्राण्डहरूका १५० भन्दाबढी स्टल रहने बताइएको छन् । 

    निर्माण कम्पनी, डिलर, सब डिलर र बिक्रेताहरूले निर्माण व्यवसायसँग सम्बन्धित उत्पादनहरूको बारेमा जानकारी गराउने र यस क्षेत्रमा आउने नयाँ–नयाँ प्रविधिको बारेमा जानकारी गराउनका लागि सो प्रदर्शनी विगत ६ बर्षदेखि नै कोसेढुङ्गा सावित हुदै आइरहेको छ । 

    यस अन्तराष्ट्रिय प्रदर्शनीमा कन्सट्रक्सन मेटिरियल्स्, कन्सट्रक्सन हेभी इक्विपमेन्ट, प्रि फ्याब स्ट्रक्च, युपिभिसी विन्डोज मेसिनरी, युपिभिसी प्रोफाइल, डोर्स एण्ड विन्डोज, आर्चिटेक्चुअल हार्डवेयर, वाथरुम फिटिङ्स्, पाइप्स, टायल्स एण्ड स्यानीटरी वायर, रुफिङ, प्रि इन्जिनियरिङ बिल्डिङ, पावर टुल्स, विन्डोज, कंक्रिट ब्लक, मेसिनरी म्यानुफ्याक्चर्स्, इर्थ मुभिङ इक्विप्मेन्ट्स, मेटेरियल ह्यान्डिलिङ इक्पिमेन्ट्स्, आल्मुनियम कम्पोजिट प्यानल्स्हरूको पनि उल्लेखनीय सहभागिता रहने आयोजकले जानकारी दिएको छ । 

    मिडिया स्पेस सोलुसन्स प्रा.लि. का प्रबन्ध निर्देशक श्रीजल भट्टराईले प्रदर्शनीमा टाईटल स्पोन्सर हुलास स्टील इन्डष्ट्रिज रहने जानकारी दिए ।

    त्यस्तै, सो प्रदर्शनीका सहयोगी संस्थाहरू नेपाल इन्जिनियरिङ एशोसिएसन (एनइए), फेडरेसन अफ कन्ट्याक्टर्स एशोसिएनस अफ नेपाल (एफक्यान), सोसाइटि आफ नेप्लिज आर्किटेक्ट (सोना), हेभी इक्विपमेन्ट पार्टस् एशोसिएन तथा कंफेडेरशन अफ इन्डियन इन्डष्ट्रि (सिआईआई) रहनेछ । 

    तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । 

    bilcoin.JPG

    प्रदर्शनीमा निर्माण क्षेत्रमा काम गरिरहेका नेपालका दिग्गज आर्कीटेक्ट, इन्जीनियरस्, कन्ट्रयाक्टर्स, विल्डरस, इन्टीरीयर डिजाइनरहरू, घर बनाउन चाहने व्यतिm तथा आम नागरीकको उल्लेखनिय सहभागिता रहने छ ।

    यस अन्तर्राष्ट्रिय प्रदर्शनीको मूल उद्देश्यको रूपमा विगतमा झैँ नेपालको निमार्ण क्षेत्रमा नयाँ प्रविधिका सामान भित्र्याउने र विदेशमा सफलतापूर्वक प्रयोग भएका नयाँ प्रविधिहरूलाई नेपाली बजारमा सहज उपलब्ध गराउन एउटा माध्यम हुने तथा नेपालमा उत्पादन हुने सामाग्री र प्रविधिहरूलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पुर्याउन सहयोगी हुने विश्वास लिएका छौँ ।

    प्रदर्शनी अवधिमा पर्यटन, होटल तथा यातायात सेवा मार्फत देशको आर्थिक कारोबार बढ्ने हुँदा रोजगार तथा आय आर्जनमा सहयोगी भई दुई वर्षदेखि कोभिड १९ ले थलिएको अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने विश्वास लिएका छौँ ।

    साताको लोकप्रीय