बैङ्कबाट दुई दिनमै बाहिरियो ५ अर्ब ४७ करोड, कर्जामा पनि गिरावट

बैङ्कबाट दुई दिनमै बाहिरियो ५ अर्ब ४७ करोड, कर्जामा पनि गिरावट

अर्थ डबली
बिहिवार, मंसिर ८ २०७९
अर्थ डबली
बिहिवार, मंसिर ८ २०७९ (अर्काइभ बाट)
  • बैङ्कबाट दुई दिनमै बाहिरियो ५ अर्ब ४७ करोड, कर्जामा पनि गिरावट

    काठमाडौँ / बैङ्किङ प्रणालीबाट दुई दिनमै ५ अर्ब ४७ करोड रुपैयाँ बाहिरिएको छ । कात्तिक ३० गतेको तुलनामा मंसीर २ गतेसम्म बाणिज्य बैङ्कहरूबाट ५ अर्ब बढी बाहिरिदा कर्जा प्रवाह भने २ अर्ब २० करोड रुपैयाँले घटेको छ । 

    images
    images

    नेपाल बैङ्कर्स एशोसिएसनकाअनुसार गत कात्तिक मसान्तमा ४५ खर्ब ६३ अर्ब ३४ करोड रुपैयाँ निक्षेप पुगेकोमा दुई दिनमै घटेर ४५ खर्ब ५७ अर्ब ८७ करोड रुपैयाँ कायम भएको छ । 

    यसैगरी कर्जातर्फ पनि संकुचन आएको तथ्याङ्कमा देखिएको छ । एनबिएको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्म ४२ खर्ब २१ अर्ब ५८ करोड रुपैयाँ लगानीमा रहेकोमा सो रकम दुई दिनमै २ खर्ब २० करोड रुपैयाँ घटेर ४२ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ रहेको छ । मंसीर २ गतेसम्म कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ८६.९१ प्रतिशत रहेको छ ।

    साताको लोकप्रीय