सहकारीमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता

सहकारीमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता

अर्थ डबली
बुधवार, माघ ११ २०७९
अर्थ डबली
बुधवार, माघ ११ २०७९ (अर्काइभ बाट)
  • सहकारीमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता

    सहकारी अभियन्ताले सहकारी क्षेत्रमा देखिएको विकृति अन्त्य गर्न साझा प्रयास परिचालन गर्ने प्रतिबद्धता जनाएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सहकारी विभागद्वारा मंगलबार यहाँ आयोजित कार्यक्रममा सहकारी अभियन्ताले सहकारीमा विकृति भित्रन नदिने र विकृति फैलाउनेलाई कानुनको दायरामा ल्याउन सबैले सहयोग गर्ने बचन दिएका हुन् ।
     
    मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अर्थतन्त्रको मुख्य क्षेत्र भएको र जनमानसमा यसप्रतिको विश्वास र भरोसालाई कायम राख्न सहकारीका सिद्धान्त र आदर्शलाई परिपालना गर्न आवश्यक रहेको बताए । 

    images
    images

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले गलत काम गर्ने सहकारीलाई दुरुत्साहन गर्न सबै सरोकारवालाको साझा दृष्टिकोण हुनुपर्ने बताए। राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सबै सहकारीले सहकारिताको मूल मर्मअनुरुप काम गर्नुपर्ने र सरकारीमा अनुशासनहीनता स्वीकार्य नहुने धारणा राखे ।

      सहकारी विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले सञ्चालकले बिना धितो बिना ब्याज आफैँलाई ऋण दिने कार्य सहकारीको मान्यताविपरीत रहेको बताउनुभयो । मन्त्रालयका सहसचिव निराजन घिमिरेले अहिले केही सहकारीमा भित्रिएको विकृति हटाउन कार्ययोजना बनाई लागू गरिने बताए । 

    साताको लोकप्रीय