ज्योति विकास बैङ्कद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

ज्योति विकास बैङ्कद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • ज्योति विकास बैङ्कद्वारा महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई बेबी वार्मर प्रदान
    images
    images

    काठमाडौँ / ज्योति विकास बैङ्कले महाकाली स्वास्थ्य चौकी,नुवाकोट र आँबुखैरेनी अस्पताल, तनहुँलाई राष्ट्रिय आविष्कार केन्द्रद्वारा स्वदेशमै निर्मित बेबी वार्मर (न्यानो नानी) प्रदान गरेको छ । बैङ्कले संस्थागत सामाजिक उत्तरदायित्व प्रयोजनार्थ स्थापना गरेको ‘हाम्रो विकास प्रवर्द्धन कोष’मार्फत यी अस्पतालहरूलाई नवजात शिशुको शारीरिक तापक्रम उचित राख्न प्रयोग हुने बेबी वार्मर प्रदान गरेको हो ।

    images
    images

    एक कार्यक्रमको आयोजना गरी बैङ्कले महाकाली स्वास्थ्य चौकी र आँबुखैरेनी अस्पताललाई उक्त बेबी वार्मर औपचारिक रूपमा हस्तान्तरण गरिएको हो ।

    कार्यक्रमममा अस्पतालका डाक्टर, नर्स लगायत सम्बन्धित कर्मचारीहरूलाई आविष्कार केन्द्रका स्वास्थ्य इन्जिनियरमार्फत बेबी वार्मर सञ्चालन सम्बन्धि विशेष तालिम पनि प्रदान गराइएको थियो ।

    नवजात शिशुको शारिरिक तापक्रम उचित राख्न प्रयोग हुने उक्त मेशिनबाट नुवाकोट जिल्लाको शिवपुरी गाउँपालिका वडा नं.५, शेरावगरस्थित महाकाली स्वास्थ्य चौकी र तनहुँ जिल्लाको आँबुखैरेनी गाउँपालिका वडा नं.३ स्थित आँबुखैरेनी अस्पतालमा प्रसुति सेवा लिन आउने प्रत्यक्ष्य रूपमा लाभान्वित हुनेछन् ।

    बैङ्कले डा. महाविर पुनद्वारा प्रवर्द्धित राष्ट्रिय आविष्कार केन्द्रसंगको सहकार्यमा ‘न्यानो नानी परियोजना’ अन्तर्गत पछिल्लो ३ वर्षमा देशका ३५ विभिन्न अस्पतालहरूलाई बेबी वार्मर प्रदान गरिसकेको छ। 

    आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैङ्क तथा वित्तीय संस्थाहरूले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति उत्तरदायी बनेको यस विकास बैङ्कले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।

    संस्थागत शुशासनलाई शिरोपर गरी ग्राहकवर्ग, कर्मचारी, नियामक निकाय, शेयरधनी र समग्र सरोकारवालाको हक हितमा योगदान पुर्याउन ज्योति विकास बैङ्क सदैव प्रतिवद्ध रहेको छ । 

    ज्योति विकास बैङ्कले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आइरहेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार
    © 2025 All right reserved to arthadabali.com