images
images

पर्यटन बोर्ड/एसटएलआरपीले पायो पाटा गोल्ड अवार्ड - २०२३

पर्यटन बोर्ड/एसटएलआरपीले पायो पाटा गोल्ड अवार्ड - २०२३

शुक्रवार, भदौ ८ २०८०
शुक्रवार, भदौ ८ २०८०
  • पर्यटन बोर्ड/एसटएलआरपीले पायो पाटा गोल्ड अवार्ड - २०२३

    काठमाडौँ / नेपाल पर्यटन बोर्ड तथा संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा सञ्चालित जीविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)ले प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) गोल्ड अवार्ड –२०२३ प्राप्त गरेको छ । 

    पर्यटनका माध्यमबाट महिला शसक्तिकरणमा गरेको पहलकदमी दीगोपन तथा सामाजिक उत्तरदायित्वको लागि प्यासिफिक एशिया ट्रावल एशोसिएसन (पाटा) ले नेपाल पर्यटन बोर्ड/एसटीएलआरपीलाई पाटा गोल्ड अवार्ड २०२३ पदान गरेको हो । 

    पाटा हेडक्वाटरले हिजो विज्ञप्ति जारी गदै यो अवार्ड प्रदान गरेको जानकारी दिएको छ । यो परियोजनाले यसअघि २०२२ मा पनि टुरिजम डेस्टिनेशन रेसिलेन्सि विधा अन्र्तगत पाटा गोल्ड अर्वाड प्राप्त गरेको थियो । यस्तै २०२३ मा पनि  पाटाबाट स्पेशल पाटा अवार्ड समेत प्राप्त गरेको थियो ।  

    सन् १९९५ बाट सुरू भएको यो अवार्ड यसपाली विभिन्न २३ वटा संघ संस्थाहरूलाई विभिन्न विधामा प्रदान गरिएको छ । यो पुरस्कार अक्टुवर ५ मा नयाँ दिल्लीमा आयोजना हुने पाटा टार्वल मार्ट २०२३ को अवसरमा प्रदान गरिने नेपाल पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय कार्यक्रम संयोजक मणीराज लामिछानेले जानकारी दिए । 

    पाटा अवार्ड प्राप्त गर्नुले परियोजनाले गरिरेहेका कामको मूल्याङ्कन भएको र बोर्डलाई थप कार्य गर्ने प्रोत्साहन मिलेको नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सिइओ) तथा परियोजनाका राष्ट्रिय निर्देशक डा. धनञ्जय रेग्मीले बताए । 

    “हामीले कोभिडको असरसँगै पर्यटकहरूको उद्धार देखि जनशक्ति विकास तथा केही पूर्वाधार विकासमा कार्यहरू निरन्तर गर्दै आइरहेका छौँ । यसले थोरै भएपनि जनशक्ति उत्पादन तथा रोजगारी सिर्जनामा सहयोग गरेको छ । हामीले गरेका कामहरूले मुल्याङ्कन गर्दै निरन्तर विभिन्न अन्तरराष्ट्रिय अवार्डहरू प्राप्त गरेका छौं । यसले हामीलाई थपकार्य गर्न प्रोत्साहन मिलेको छ” डा. रेग्मीले भने । 

    यस्तै पर्यटकको खोज तथा उद्दारमा खोजमा गरेको योगदानको कदर स्वरूप पनि बोर्डले विभिन्न राजदुतावास तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट सम्मानप्राप्त गरेको थियो । 

    बोर्डले युएनडीपीसँगको सहकार्यमा शुरू गरेको परियोजनाले लगातार दुई वर्ष यस  प्रकारको अवार्ड प्राप्त गर्दा युएनडीपी खुशी रहेको प्रतिक्रिया दिँदै युएनडीपीका पोर्टफोलियो म्यानेजर  कल्पना सरकारले यस प्रकारका तालिमले पर्यटनमा भएको महिला सहभागिताको ग्याप कम गर्नुका साथै अल्पसंख्यक अप्लसंख्यकहरूलाई समेत कामको अवसर प्रदान गरेको बताए । 

    News.JPG

    उनले पर्यटनमा भएको महिला जनशक्तिअभाव तथा समावेशिताको पक्षलाई समेत ध्यानमा राख्दै युएनडीपीले आउँदा दिनमा समेत सहकार्य गर्ने बताए । 

    बोर्ड तथा एसटीएलआरपीले कोभिड-१९ पछि महिला तथा अन्य पर्यटन मजदुरको क्षमता अभिवृद्धि सहित पर्यटकीय गन्तव्य निर्माणमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ ।


    सो अन्र्तगत महिलाहरूका लागि रिभर गाइड, यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूका लागि टे«किङ गाइड लगायतका विभिन्न तालिम तथा पर्यटनसंग सम्बनिधत विभिन्न विधाका गाइड म्यानुयलहरू तयार गर्दै आइरहेको छ । परियोजनाले अहिलेसम्म करिब एक हजार महिलाहरूलाई विभिन्न प्रकारका तालिम प्रदान गरेको परियोजनाले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार