images
images

अमेरिकी सहयोगको कार्यक्रम रोकिएपछि सरकारलाई लागेको आरोपबारे बोल्यो अर्थ मन्त्रालय

अमेरिकी सहयोगको कार्यक्रम रोकिएपछि सरकारलाई लागेको आरोपबारे बोल्यो अर्थ मन्त्रालय

सोमवार, फागुन १२ २०८१
सोमवार, फागुन १२ २०८१
  • images
    images
    अमेरिकी सहयोगको कार्यक्रम रोकिएपछि सरकारलाई लागेको आरोपबारे बोल्यो अर्थ मन्त्रालय
    images
    images

    काठमाडौँ / अमेरिकी सहयोग नियोग युएसएआइडीबाट सञ्चालित कार्यक्रमहरू रोकिएपछि भइरहेको टिकाटिप्पणीबारे अर्थमन्त्रालयले जवाफ दिएको छ । 

    images
    images

    मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारीले सोमबार एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशले डिजाइन भइरहेकै अवस्थामा यूएसएडका तीन कार्यक्रम रोकिएको जानकारी दिएका हुन् । 

    सरकारले सञ्चालन गर्न लागेका जैविक विविधता, प्रदेश एवं स्थानीय शासन सुदृढीकरण कार्यक्रम र जलवायु उत्थानशील नगरपालिका सेवा कार्यक्रम रोकिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेद छ ।  

    प्रवक्ता भण्डारीका अनुसार रोकिएका तीनवटै कार्यक्रम डिजाइन क्रममा रहेको र उल्लेखित कार्यक्रमहरूको लागि कुनै सम्झौता नभइसकेको हुँदा सहयोग प्राप्त भएको थिएन ।

    अमेरिकी सहयोग नियोग यूएसएडले नेपालमा सन् १९५१ देखि निरन्तर अनुदान सहायतामार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए । 

    note.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार