images
images

सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी, यस्ता छन् विशेषताहरू

सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी, यस्ता छन् विशेषताहरू

सोमवार, भदौ ११ २०८०
सोमवार, भदौ ११ २०८०
  • सुजुकीले नेपालमा सुरु गर्यो जिम्नीको डेलिभरी, यस्ता छन् विशेषताहरू

    काठमाडौँ / नेपालका लागि सुजुकी ब्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स् अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटोकर्प तथा सिजी नेक्टजेनले ‘द अल्टिमेट अफ रोदर’को नेपाली बजारमा ल्याएको छ । कम्पनीले अन्तर्राष्ट्रिय बजारमा बहुप्रतिस्थित एसयूभी जिम्नी डेलिभरी नेपाल अधिराज्यभरीका शोरुमहरूबाट डेलिभरी सुरु गरेको हो । 

    images
    images

    जिम्नी नेपालको सबैभन्दा प्रतिक्षित गाडी मध्ये एक हो । ट्रु अफ–रोड एसयूभी जिम्नीले ५० वर्ष भन्दा बढीको विरासतको गर्व गर्दछ । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयूभी हो जुन हेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित छ र यसमा पर्याप्त बडी एन्गल र ग्राउन्ड क्लियरेन्सको साथ डिजाइन गरिएको छ ।

    सो एसयूभी एक समर्पित उन्नत 4WD प्रणाली, अल ग्रीप प्रोसँग आउँदछ भने ब्रेक लिमिटेड स्लिप डिफरेंशियल र थ्री लिंक रिजिड एक्सेल सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश गरिएको छ ।

    अफ–रोड बाटोको लागि उत्तम हुने गरी डिजाइन र निर्मित, जिम्नीमा २२.६८ सेमी स्मार्ट प्ले प्रो इन्फोटेनमेन्ट सिस्टम, ६ एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, अटो टेम्परेचर कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल जस्ता धेरै आधुनिक आरामदायी र सुरक्षित सुविधाहरू समावेश गरिएको छ । 

    कम्पनीका अनुसार ५–ढोके सुजुकी जिम्नीको  भारतमा निकै राम्रो माग रहेको छ, जसको कारण यसको वेटिंग पिरेड पनि निकै लामो छ । यो नेपाली ड्राइभिङ कन्डिसनको लागि सबैभन्दा उपयुक्त एसयूभी भएकोले हामीले नेपालमा छिटो उपलब्ध गराउन विशेष अनुरोध गरेका थियौँ । जसको नतिजा हामीले भारतमा भन्दा कम वेटिंग पिरेडमा पहिलो ब्याच डेलिभर गरेका छौँ । हामी विश्वस्त छौँ कि नेपाली ग्राहकहरूले नयाँ जिम्नीसँग नयाँ अनुभवहरू सिर्जना गर्नेछन् । त्यस अनुभवलाई अभिवृद्धि गर्न कम्पनीले विभिन्न जिम्नी–केन्द्रित गतिविधिहरू पनि निकट भविष्यमा लन्च गर्नेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार