images
images

शून्य प्रतिशत ब्याजदरमै सिएफमोटोको २५० एनके किन्न पाइने, २४ महिने सरल किस्ताबन्दीको सुविधा पनि

शून्य प्रतिशत ब्याजदरमै सिएफमोटोको २५० एनके किन्न पाइने, २४ महिने सरल किस्ताबन्दीको सुविधा पनि

सोमवार, पुस १५ २०८१
सोमवार, पुस १५ २०८१
  • शून्य प्रतिशत ब्याजदरमै सिएफमोटोको २५० एनके किन्न पाइने, २४ महिने सरल किस्ताबन्दीको सुविधा पनि
    images
    images

    काठमाडौँ / सिएफमोटो नेपालले नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तिय योजना ुन्यू इयर, न्यू राइडु सार्वजनिक गरेको छ । कम्पनीले ग्राहकहरूलाई शून्य प्रतिशत ब्याजदरमै २४ महिने सरल किस्तावन्दीमा आफ्नो २५० एनके कम्प्युटर सेग्मेन्टमा न्याकेड सिरिजको वाइक किन्न उत्कृष्ट अवसरसहितको योजना ल्याएको हो । 

    सीमित अवधिका लागि लागू गरिएको सो योजना पुस १६ देखि माघ १८ गतेसम्म लागू हुनेछ । न्यूनतम ५० प्रतिशत डाउन पेमेन्ट गरेर सरल किस्ताबन्दी योजनाका सिएफमोटोको २५० एनके खरिद गर्न सकिने कम्पनीको भनाइ छ । 

    साथै, उक्त योजनाले सरल कागजी प्रकृया रुचि अनुसारको किस्तावन्दी योजना रोज्ने सुविधा समेत प्रदान गर्दछ । कम्पनीको भनाई अनुसार यस सेग्मेन्टका आफ्ना ग्राहक युवा अवस्थाका रहेका र यस योजना अन्तर्गत शून्य प्रतिशत ब्याजदर बाट लाभ लिन सक्ने भएकोले यसले आफ्नो ब्राण्डलाई अझ पहुँचयोग्य वनाउने कुरामा विश्वास लिएको जनाएको छ । 

    बिक्रीको साथ साथै कम्पनीले बिक्री पछिको सेवालाई अझ चुस्त र दुरुस्त बनाउन, स्पेयर पार्टसको सहज उपलब्धि तथा सर्भिस क्वालिटीलाई समेत उच्च प्राथमिकता दिएको जानकारी दिएको छ । कम्पनीले हालसालै उपत्यका लगायत वाहिरी जिल्लाका ग्यारेजवालाहरुलाई समेत २ दिने आफ्ना २५० सीसी तथा ४५० सीसीका वाइकहरूको तालिम सिएफमोटो चाइनाका प्रशिक्षकहरूमार्फत सञ्चालन गरेको थियो ।

    साथै २५० एनके नगदमा खरीद गर्ने ग्राहकहरूलाई २५ हजार रुपैयाँ छुट, एक्सचेन्जमा ३० हजार रुपैयाँ थप मूल्याङ्कनका साथै, उपहार, हेल्मेट, १ वर्षको लागि सिएफमोटोको पार्टस् खरीदमा १० प्रतिशत छुट समेत दिएको छ ।


    सिएफमोटोको २५० एनकेमा २४९.५ सिसिको Single Cyliner Engine दिईएको छ जसले  २०.५ किलोवाटको म्याक्सिमम पावर र २२ एनएमको Torque उत्पादन गर्ने र यसमा डुअल च्यानल एबिएस, १२.५ लिटरको फ्युल ट्याङ्क क्यापिसिटी, इलेक्ट्रोनिक फ्यूल इन्जेक्सन आकर्षक डिजानइन तथा तथा आधुनिक प्रविधि अपनाएको छ । जसले उक्त वाइकमा सवार भएका सवारीले सुरक्षित यात्राको साथ साथ अपग्रेड राइडको मज्जा लिन सक्नेछन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    साताको लोकप्रीय
    थप समाचार