images
images

एभरेष्ट बैङ्कका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने

एभरेष्ट बैङ्कका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने

मंगलवार, भदौ १२ २०८०
मंगलवार, भदौ १२ २०८०
  • एभरेष्ट बैङ्कका ग्राहकहरूले हिमालय दृष्य रिसोर्टमा विशेष छुट पाउने

    काठमाडौँ / एभरेष्ट बैङ्क लिमिटेडका ग्राहकहरूले हिमालयन दृष्य रिसोर्टमा विशेष छुट पाउने भएका छन् । एभरेष्ट बैङ्क र हिमालय दृष्य रिसोर्ट धुलिखेलबिच भएको सम्झौताअनुसार  बैङ्कका ग्राहकलाई विशेष छुट प्रदान गर्ने भएको हो । योसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरूले उक्त रिसोर्टमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् ।

    बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृत विजय कुमार शर्मा र रिसोर्टका बजार तथा बिक्री प्रबन्धक बबिता पाण्डेद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसँगै बैङ्कका सम्पूर्ण ग्राहकहरू, कार्ड प्रयोगकर्ताहरू साथै कर्मचारीहरू तथा तिनका पारिवारीक सदस्यहरूले समेत सो विशेष छुटको लाभ लिन सक्नेछन् । 

    सो समारोहमा बैङ्कका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रती, बजार विभागकी कर्मचारी एलिना कार्की तथा रिसोर्टका बजार विभागका कर्मचारी सौजन्य के.सीको समेत उपस्थिति रहेको थियो । 
     
    स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैङ्कमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहकहरू रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १२७ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६२ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैङ्कले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार