images
images

केएल दुगड समूहले नेपाली बजारमा ल्यायो स्वीजरल्यान्डको आइसक्रिम ‘मुभएनपिक’

केएल दुगड समूहले नेपाली बजारमा ल्यायो स्वीजरल्यान्डको आइसक्रिम ‘मुभएनपिक’

बुधवार, भदौ १३ २०८०
बुधवार, भदौ १३ २०८०
  • केएल दुगड समूहले नेपाली बजारमा ल्यायो स्वीजरल्यान्डको आइसक्रिम ‘मुभएनपिक’

    काठमाडौँ / स्वीजरल्यान्डका आइसक्रिम ‘मुभएनपिक’ अब नेपाली बजारमा उपलब्ध हुने भएको छ। केएल दुगड समूहले उत्कृष्ट स्वीस शिल्प कौशल र शतप्रतिशत प्राकृतिक सामग्री प्रयोग गर्ने प्रतिबद्धताका लागि प्रख्यात उक्त ब्रान्ड नेपाली बजारमा भित्र्याएको हो । 

    images
    images

    मुभेनपिक आइसक्रिमले प्रिमियम आइसक्रिम सेगमेंटको लागि नयाँ मापदण्ड सेट गर्दै कुनै कृत्रिम तत्त्व, स्वाद, वा स्टेबिलाइजरहरू बिना शुद्धताको वास्तविक सारलाई मूल रूप दिन्छ।

    काठमाडौँको ठमेलस्थित ठमेल – द कर्नरमा रहेको यसको पहिलो आउटलेटको उद्घाटन हिजो एक भव्य कार्यक्रमका साथ भएको छ। 

    स्टोर दैनिक बिहान ११ बजे देखि राति ११ बजेसम्म खुला रहनेछ। साथै शुक्रबार र शनिबार राति २ बजेसम्म खुला रहेर, यो स्टोर आइसक्रिम उत्साहीहरूका लागि अबेर रातिको लोकप्रिय गन्तव्य बन्ने कम्पनीको विविश्वास रहेको कम्पनीले जनाएको छ । 

    मुभएनपिक आइसक्रिमको प्रामाणिकता र गुणस्तरको प्रतिबद्धता यसको अद्वितीय स्वीस मूलबाट आउदछ। प्रत्येक स्कूपले स्विट्जरल्याण्डको समृद्ध सम्पदाको अनुभूति गराउँने कम्पनीको भनाइ छ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार