काठमाडौँ / नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार एक तोला सुनको मूल्य १ लाख १२ हजार ८ सय रुपैयाँ पर्ने भएको छ । यसअघि प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज भने ३ सय रुपैयाँले बढेको हो ।
त्यस्तै, १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको तेजावी सुनलाई आज १ लाख १२ हजार २ सय ५० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ भने घटेको महासङ्घले जनाएको छ । यसअघि प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भएको चाँदीलाई आज १ हजार ४ सय ८० रुपैयाँ पर्नेछ ।