images
images

अर्थमन्त्रीसँग नाडा प्रतिनिधिहरूको ६ ओटा आग्रह : नीजिक्षेत्रलाई हतोत्साहित बनाउने व्यवस्था सच्याउनुपर्ने

अर्थमन्त्रीसँग नाडा प्रतिनिधिहरूको ६ ओटा आग्रह : नीजिक्षेत्रलाई हतोत्साहित बनाउने व्यवस्था सच्याउनुपर्ने

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • अर्थमन्त्रीसँग नाडा प्रतिनिधिहरूको ६ ओटा आग्रह : नीजिक्षेत्रलाई हतोत्साहित बनाउने व्यवस्था सच्याउनुपर्ने

    काठमाडौँ / नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको प्रतिनिधि मण्डलले अर्थमन्त्री डा. प्रकाशशरण महतसँग भेट गरी अटोमोवाइल क्षेत्रसँग सम्बन्धित विभिन्न ६ ओटा मुद्दा सम्बोधन गर्न आग्रह गरेका छन् । बुधबार नाडाका अध्यक्ष डा. धु्रव थापाको नेतृत्वको टोलीले अर्थमन्त्री महतसँग  अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरूमा छलफल गर्ने क्रममा यस्तो आग्रह गरेका हुन् । 

    images
    images

    छलफलमा नाडाका अध्यक्ष थापाले सदैव समस्याको रूपमा देखा पर्दे आएको सन्दर्भ मूल्य सूचिका सन्दर्भमा तत्काल सरोकारवाला निकायहहरूसँग आवश्यक सल्लाह गर्न र ययार्थपरक मूल्य कायम गर्न आग्रह गरेका छन् । 

    त्यस्तै, उनले सुस्ताएको बजारलाई चलायमान बनाउन ऋण पुनर्तालिकीकरको व्यवस्था हुनुपर्ने भन्दै सो विषयलाई सम्बोधन गर्नसमेत अर्थमन्त्री डा. महतले अनुरोध गरेका छन् । 

    अटो व्यवसायीहरूले हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गरिनु पर्ने बताएका छन् । बैङ्कहरूबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियोको हालको ५० प्रतिशतको सिमालाई बढाएर ७५ प्रतिशत कायम गर्नका व्यवसायीहरूले अर्थमन्त्रीलाई आग्रह गरे । हायर पर्चेज कर्जामा भएको हालको व्यवस्था बैङ्क तथा वित्तिय निकायहरूलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रूपमा रहेको व्यवसायीहरूले बताउँदै आएका छन् । 

    सोही क्रममा अध्यक्ष थापाले चालु पुँजी कर्जाको सम्बन्धमा नेपाल राष्ट्र बैङ्कले हालै जारी गरेको कर्जा वर्गीकरण सम्बन्धी नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा कर्जा बर्गीकरण गरिनुपर्ने व्यवस्थाले नीजिक्षेत्रलाई हतोत्साहित  बनाउने भएकोले तत्काल सच्याउनका लागि आग्रह गरे । 

    यसले बैङ्क तथा वित्तिय निकायमा असल कर्जावालाहरूलाई समेत असर पर्न जाने उनको भनाइ छ । 
    नयाँ व्यवस्थामा कुनै समूहभित्रको कुनै एक ऋणीले लिएको कर्जा निष्क्रिय बर्गमा बर्गीकरण भए समूहमा रहेका अन्य ऋणीको समेत निष्क्रीय बर्गमा कर्जा बर्गीकरण गरिनु पर्ने व्यवस्था रहेको छ । 

    त्यसैगरी सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले नेपालमा अहिले अटोमोवाइल उद्योगहरू पनि क्रमशः खुल्दै जाने क्रममा रहेको सन्दर्भमा यस्ता उद्योगहरूको स्थापनाका लागि थप प्रोत्साहित गर्न सरकारले अटोमोवाइल उद्योगहरूलाई विशेष क्षेत्रमा बर्गीकरण गरी सोही अनुरुप सहुलियत कर्जा उपलब्ध गराउने व्यवस्था गर्न आग्रह गरेका छन् । 

    साथै उनले काठमाडौँ उपत्यकामा एउटा अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माणको लागि बजेटमा व्यवस्था गरी त्यसको निर्माणका लागि समेत पहल गरि दिन अर्थमन्त्री डा. महतसँग आग्रह गरे । 

    छलफलका क्रममा मन्त्री महतले अटो व्यवसायीहरूको समस्याहरूका सम्बन्धमा आफु जानकार रहेको बताए । 

    अटो व्यवसायीहरूको समस्या समाधानका लागि प्रयास गरिने उनले आश्वासन दिए । उक्त भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्य समिति सदस्यद्वय प्रकाश कपुरी तथा निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।                                                             

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार