images
images

एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न, ३९ सय भन्दा बढी कर्मचारी संलग्न

एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न, ३९ सय भन्दा बढी कर्मचारी संलग्न

शुक्रवार, भदौ १५ २०८०
शुक्रवार, भदौ १५ २०८०
  • एनआईसी एशिया फुटसल कप २०२३ सम्पन्न, ३९ सय भन्दा बढी कर्मचारी संलग्न

    काटमाडौँ / एन आई सी एशिया बैङ्कले आयोजना गरेको एनआईसी एशिया फुटसल कप २०२३ प्रतियोगिता सम्पन्न भएको छ ।
    कर्मचारीहरूबीचको टिमवर्क, नेतृत्व विकास तथा स्वस्थ प्रतिस्पर्धालाई प्रबर्द्धन गर्ने उद्देश्यले बैङ्कले उक्त प्रतियोगिताको आयोजना गरेको हो । 

    images
    images

    प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बैङ्कका ३९ सय भन्दा बढी कर्मचारीहरूको उत्साहपूर्ण सहभागीता भएको बैङ्कले जनाएको छ ।

    सातै प्रदेशबाट छानिएका २० पुरुष र १५ महिला टिमहरूको निर्णायक खेल काठमाडौँमा अवस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भाद्र ९ गते सम्पन्न भएको थियो ।

    लिग तथा नक आउट चरणमा सम्पन्न भएको उक्त खेलको फाइनलमा पुरुषतर्फ बैङ्कको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने भने महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो ।

    खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बी की रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनौट भएका छन् । 

    त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित कार्की रहेका छन् । अर्कोतिर उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन् । प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरूलाई ट्रफि, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ ।

    यस खालको प्रतियोगिता नेपालको कर्पोरेट (आन्तरिक) क्षेत्रमा हुने खेल इभेन्टमध्ये सबैभन्दा पहिलो प्रतियोगिता रहेको आयोजकको दावी छ । जहाँ प्रत्यक्ष संलग्न १२ सय भन्दा बढी कर्मचारीसहित कुल ३९ सय भन्दा बढी कर्मचारी संलग्न रहेको बैङ्कको विवरण छ ।

    प्रतियोगिता समापन कार्यक्रमलाई शोभा बढाउन नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान अनिल गुरूङ, नेपाली राष्ट्रिय फुटबल टिमका सहायक प्रशिक्षक थमन भुसाल, बैङ्कका नायब प्रमुख कार्यकारी अधिकृतद्वय सुधिर नाथ पाण्डे र सन्तोष राठी, प्रमुख डेभलोपमेन्ट अफिसर कैलाश गौतम, बैङ्कका कम्पनी सचिव दिपेन कार्की, बैङ्कको ब्राण्डिङ एण्ड कर्पोरेट कम्युनिकेसन्स् विभाग प्रमुख सरोज भट्टराई लगायतको उपस्थिति थियो ।

    कर्मचारीहरूका लागि ‘बैङ्क अफ फष्ट चोइस’ बन्ने दीर्घकालीन लक्ष्य लिँदै गतिशील रूपमा अगाडि बढिरहेको एन आई सी एशिया बैङ्कले आफ्ना कर्मचारीहरूलाई अतिरिक्त क्रियाकलापहरूमा प्रोत्साहन गराउने अभिप्रायले आयोजित यस प्रतियोगिताको प्रादेशिक चरण भदौ २ गते सम्पन्न भएको थियो ।

    प्रतियोगिताको प्रादेशिक प्रतियोगिताहरू कोशी प्रदेशको बिराट चोकमा अवस्थित प्लानेट रिक्रिएसन सेन्टर, मधेश प्रदेशको बर्दिवासमा अवस्थित बर्दिबास फुटसल एरिना, वाग्मती प्रदेशको काठमाडौंमा अवस्थित धन्यन्तरी फुटसल, गण्डकी प्रदेशको पोखरामा अवस्थित बी–फिट स्पोर्ट्स, लुम्बिनी प्रदेशको मणिग्राममा अवस्थित युनिक फुटसल तथा नेपालगन्जमा अवस्थित नेपालगञ्ज फुटसल तथा रिक्रियसन सेन्टर, कर्णाली प्रदेशको सुर्खेतमा अवस्थित एमएनएस फुटसल, सुदूरपश्चिम प्रदेशको धनगढीमा अवस्थित डल्लुज फुटसलमा सम्पन्न भएका थिए ।

    यो नेपालका नाम चलेका ब्राण्डहरूले १० लाखभन्दा बढी बराबरको क्यास तथा गिफ्टहरू उपलब्ध गराएर प्रतियोगितालाई सहयोग गरेका छन् । 

    जसमा स्टिङ्ग, जि स्पोर्टस्, झापा एफसी, एन आई सी एशिया बैङ्क कर्मचारी संघ, सुबिसु, एंकर नेपाल, बिग मार्ट, नुआद थाइ स्पा, द भान्नासुट होटल, ब्लाकबेरीज्, भोज, क्लब हाउस काठमाडौं, आइ मार्ट नेपाल, यति एयरलाइन्स, दराज र गोल नेपाल डट कम रहेका छन् ।

    एन आई सी एशिया बैङ्क मुलुकमा सबैभन्दा धेरै बैङ्किङ्ग सञ्जालहरू भएको बैङ्कहरू मध्येको बैङ्क हो । यस बैङ्कले मुलुकभर ३६० शाखा कार्यालयहरू, ५९१ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैङ्क सफल भएको छ ।

    देशको अर्थतन्त्रको सवलीकरण तथा उच्च आर्थिक वृद्धिमा टेवा पु-याउन उत्तरदायी बैङ्किङ्गको अभ्यास गर्दै स्थापनाकालदेखि हालसम्ममा प्रत्यक्ष र अप्रत्यक्ष गरी कुल २३ अर्ब ५८ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरेको र गत आर्थिक वर्षमा ३ अर्ब ६६ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाउन बैङ्क सफल भएको छ । 

    वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैङ्क तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैङ्क तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसङ्ख्याको ८० प्रतिशत भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैङ्कले आफ्ना ७२ प्रतिशत शाखा कार्यालयहरू स्थापना गरेको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार