images
images

देशमा भेडाको संख्या घट्यो, बाख्रा र च्याङ्ग्राको संख्या ३२ लाखले बढ्यो

देशमा भेडाको संख्या घट्यो, बाख्रा र च्याङ्ग्राको संख्या ३२ लाखले बढ्यो

बिहिवार, भदौ २१ २०८०
बिहिवार, भदौ २१ २०८०
  • देशमा भेडाको संख्या घट्यो, बाख्रा र च्याङ्ग्राको संख्या ३२ लाखले बढ्यो
    images
    images

    काठमाडौँ / नेपालमा पछिल्लो समय भेडाको संख्या घटेको छ भने बाख्रा र च्याङ्ग्राको संख्यामा ठूलो वृद्धि भएको छ । 

    केन्द्रीय तथ्यांक कार्यालयले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार भेंडाको संख्यामा उल्लेखनिय गिरावट  आउदा बाख्रा र च्याङ्ग्राको संख्या झण्डै डेढ गुणाले बढेको हो । 

    कृषिगणनाका तथ्यांकअनुसार अहिले नेपालमा भेंडाको संख्या ४ लाख ७८ हजार मात्रै छ । जुन २०६८ को भन्दा तुलनामा एक लाख १९ हजारले कम हो । २०७८ मा नेपालमा भेंडाको कुल संख्या ६ लाख ३ हजार मात्रै थियो ।

    यस्तै, तथ्यांकअनुसार नेपालमा अहिले बाख्रा र च्याङ्ग्राको कुल संख्या एक करोड ४२ लाख ४२ हजार छ । जुन २०६८ को भन्दा ३२ लाख ५२ हजारले धेरै हो । १० वर्षअघि २०६८ मा नेपालमा यस्तो संख्या एक करोड ९ लाख ९० हजार मात्रै थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार