images
images

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच उत्पादन, आपूर्ति र निर्माण कार्यलाई सहज बनाउन समझदारी

सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच उत्पादन, आपूर्ति र निर्माण कार्यलाई सहज बनाउन समझदारी

आइतवार, माघ ६ २०८१
आइतवार, माघ ६ २०८१
  • सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबीच उत्पादन, आपूर्ति र निर्माण कार्यलाई सहज बनाउन समझदारी
    images
    images

    काठमाडौँ / सिमेन्ट उत्पादक संघ र निर्माण व्यवसायी महासंघबिच विभिन्न विषयमा समन्वय गर्ने सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा आपूर्ति सहमति बनेको हो  । 

    सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरू र नेपाल निर्माण व्यवसायी महासंघसहितका विभिन्न चार वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरूबिच भएको छलफलमा औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा हातेमालो गर्ने सहमति बनेको सिमेन्ट उत्पादक संघले जनाएको छ । 

    उक्त सहमति बमोजिम सिमेन्ट उद्योगहरूले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिनेछ । 

    सो अवसरमा उद्योगहरूमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिङ्लाई अन्त्य गरी निर्वाध रूपमा उद्योग सञ्चालन गर्न उद्योग मन्त्रालयको तर्फबाट वातावरण बनाउने विषयमा समेत समझदारी बनेको छ । 

    साथै, सिमेन्ट उद्योगीहरू र निर्माण व्यवसायीहरूले एक अर्काका समस्याहरूलाई मनन् गरी आ आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्नेसमेत सहमति भएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार