images
images

१० वर्षमा गाई–गोरुको संख्या १८ लाख बढीले घट्यो, राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

१० वर्षमा गाई–गोरुको संख्या १८ लाख बढीले घट्यो, राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

बिहिवार, भदौ २१ २०८०
बिहिवार, भदौ २१ २०८०
  • १० वर्षमा गाई–गोरुको संख्या १८ लाख बढीले घट्यो, राँगा र भैंसीको संख्या २९ लाख २३ हजार
    images
    images

    काठमाडौँ / नेपालमा गाई–गोरू पाल्ने कृषकको संख्यामा ठूलो गिरावट आएको छ । केन्द्रीय तथ्यांक कार्यालयकाले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना २०७८ को नतिजाअनुसार पछिल्लो समयमा नेपालमा गाई र गोरु पाल्ने किसानको संख्यामा ठूलो गिरावट आएको हो । 

    कृषि पणालीमा परम्परागत रूपमा खेती गर्ने चलन छाडेर किसानले नयाँ प्रविधि पछ्याउन थालेसंगै किसानले गाई–गोरू पाल्न छाडेका हुन् । 

    तथ्यांक अनुसार हाल १७ लाख ८ हजार घर परिवारले गाई–गोरु पालन गरिरहेका छन् । जुन अघिल्लो गणनाको तुलनामा ५ लाख ७३ हजार परिवारले कम हो । २०६८ मा २२ लख ८१ हजार परिवार गाई–गोरु पालनमा थिए । नयाँ तथ्यांकअनुसार नेपालमा एउटा परिवारसँग गाई र गोरुको संख्या करिब ३ वटा छ ।

    कार्यालयकाअनुसार नेपालमा १८ लाख ७७ हजारले गाई र गोरुको संख्या घटेको छ । नयाँ तथ्यांकअनुसार नेपालभर अहिले गाई र गोरुको कुल संख्या ४५ लाख ५९ हजार छ । जुन गत २०६८ सालमा देशभर गाई र गोरुको संख्या ६४ लाख ३० हजार थियो ।

    राँगा र भैंसीको संख्या २९ लाख २३ हजार

    कृषि गणना २०७८ को नतिजाअनुसार नेपालमा राँगा र भैंसीको कुल संख्या २९ लाख २३ हजार छ । यसअघि २०६८ को गणनामा यस्तो संख्या ३१ लाख ७४ हजार थियो । केन्द्रीय तथ्यांक कार्यालयकाअनुसार १० वर्षमा राँगा र भैंसीको संख्या २ लाख ५१ हजारले घटेको हो ।

    विवरणअनुसार राँगा र भैंसी पाल्ने कृषक परिवार संख्यामा पनि ठूलो गिरावट आएको छ । २०६८ सालमा राँगा र भैंसी पाल्ने किसान परिवारको संख्या १६ लाख ६९ हजा रहेकामा नयाँ गणनामा यस्तो परिवार संख्या १४ लाख १७ हजारमा सिमित भएको छ । जुन २ लाख ५२ हजार परिवारले कम हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार