images
images

माछापालक कृषकको संख्या दोब्बरले वृद्धि, पोखरीको संख्या ४९ हजार

माछापालक कृषकको संख्या दोब्बरले वृद्धि, पोखरीको संख्या ४९ हजार

बिहिवार, भदौ २१ २०८०
बिहिवार, भदौ २१ २०८०
  • माछापालक कृषकको संख्या दोब्बरले वृद्धि, पोखरीको संख्या ४९ हजार
    images
    images

    काठमाडौँ / पछिल्लो दशकमा नेपालमा माछा पाल्ने कृषकको संख्या दोब्बरभन्दा बढीले वृद्धिको भएको छ । 

    बिहीबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय कृषि गणना, २०७८ को तथ्यांकानुसार माछापालन गर्ने कृषकको संख्यामा दोब्बरले वृद्धि भएको हो ।

    कार्यालयको तथ्यांकानुसार पछिल्लो दशकमा ४२ हजार कृषक परिवारले माछापालन गरिरहेका छन् । २०६८ मा माछापालन गर्ने कृषकको संख्या १७ हजार मात्र थियो ।

    माछापालन गर्ने पोखरीको संख्या पनि वृद्धि भएको छ । पछिल्लो दशकमा पोखरीको संख्या ४९ हजार रहेको कार्यालयले जनाएको छ । ०६८ मा यस्तो पोखरीको संख्या २१ हजार थियो ।

    अहिले माछापालन गरिएका पोखरीहरूको क्षेत्रफल १० हजार हेक्टर छ । ०६८ मा यस्तो क्षेत्रफल दुई हजार ५०० हेक्टर थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार