images
images

धेरै असफलताहरूको कारण योजनाको अभाव हो, जीवन बदल्ने केही प्रेरक भनाईहरु

धेरै असफलताहरूको कारण योजनाको अभाव हो, जीवन बदल्ने केही प्रेरक भनाईहरु

आइतवार, भदौ २४ २०८०
आइतवार, भदौ २४ २०८०
  • धेरै असफलताहरूको कारण योजनाको अभाव हो, जीवन बदल्ने केही प्रेरक भनाईहरु

    बिश्व बिख्या ब्रायनले एउटा प्रसंगमा भनेका थिए धेरै असफलताहरूको कारण यजनाको अभाव हुनु हो । यस्तैगरी हाम्रो जीवनको सफलता असफलता हामीले योजना बनाउन नसक्दा बनेको परिणाम हुन सक्छ । जीबन एउटा योजनाबद्ध शैली पनि हो ।  समाजमा कतिपय यस्ता व्यक्ति व्यक्तित्वहरुको प्रेरक कथाका कारण जिन्दगीलाई खुराक मिल्छ, उज्यालो प्रेरणा मिल्छ । अघि बढ्ने प्रेरणा दिन्छ । समय, आफन्त परिवार, साथीभाई बुझ्न साहस मिल्छ । 

    images
    images

    जिन्दगीलाई सहि बाटोमा डोर्याउन मद्धत गर्दछ । चाहे ऐतिहासिक व्यक्तित्व चाणक्य हुन् पूर्विय सभ्यताका एक से एक दार्शनिक वा विश्वविख्यात अल्वर्ट आइन्स्टाइनदेखि थोमस एल्वा एडिसन वा ग्यालिलियो हुन् ।जसले समाजमा केही न केही दिएका छन् । समाजको गतिलाई अझै अघि बढाए । 

    अर्थ डबलीको यस अंकमा पढौं केहि उत्कृष्ट प्रेरक भनाइहरूः


    यदि तिमी यसको सपना देख्न सक्छौ भने, तिमी यो गर्न सक्छौ ।

    – वाल्ट डिज्ने

     विना योजनाको लक्ष्य मात्र एक कोरा चाहाना हो ।

    – अज्ञात

     लक्ष्य चुन्नु र यसमा समर्पित हुनुले सबैथोक बदलिदिन्छ । 

    – स्कट रीड

     लक्ष्य नहुनुले उत्पन्न गर्ने समस्या हो, तिमीले पुरै जीवन यता उता दौडदैमा विताउनेछौ तर कुनै गोल गर्नेछैनौ ।

    – विल कोपल्याण्ड

    सबैथोकमा सफल हुनका लागि एउटै उपाय छ त्यो हो, यसका लागि सबैथोक कुर्वान गर्नु । 

    - विन्स लोम्बर्डी

    धेरै असफलताहरूको कारण यजनाको अभाव हो । 

    –  ब्रायन ट्रेसी

    तिम्रा लक्ष्यहरू भनेको तिम्रो मार्गचित्र हो जसले तिमीलाई देखाउने छ कि तिम्रो जीवनमा के सम्भव छ । 

    – लेस ब्राउन

    एउटा सपना मात्र सपना हो तर लक्ष्य योजना र डेडलाईन सहितको सपना हो । 

    – ह्यारी मेक के

     पटक पटक असफल हुँदा पनि उत्साह नगुमाउनु नै सफलता हो ।

     – विन्सटन चर्चिल

    असफलता पुनः बुद्धिमत्तापूर्वक कार्यको प्रारम्भ गर्न दिइएको अवसर हो । 

    – हेनरी फोर्ड

     म असफलतामा विश्वास गर्दिन, यदि कार्यमै तपाईले आनन्द लिनुभयो भने त्यो असफलता होइन ।

     – वप्रा विन्फ्रे

    संसारका महान् व्यक्तिहरूले आफ्नो सबैभन्दा ठूलो सफलता आफ्नो सबैभन्दा ठूलो असफलताको ठिक एक पाइलो अगाडी पाएका थिए । 

    – नेपोलियन हिल

    तपाई मलाई पूर्णरूपले सन्तुष्ट व्यक्ति देखाउनुस्, अनि म तपाईलाई असफल व्यक्ति देखाउनेछु ।

     – थोमस एल्भा एडिसन

    असफलताको अर्थ यो होइन कि तपाई हार्नुभयो, यसको मतलब हो जित अझै भइसकेको छैन । 

    – रोबर्ट एच स्कूलर

    विना असफलता, सफलताको कुनै स्वाद हुदैन न त त्यसको बुझाइ नै । –

    - ग्लेन बेक

     असफलता भनेको खस्नु होइन, खसेपछी पुन नउठ्नु हो ।

     – अज्ञात

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार