images
images

तीजमा गरिमा विकास बैंकको टिकटक प्रतियोगिता, बिजेतालाई ३० हजार दिइने

तीजमा गरिमा विकास बैंकको टिकटक प्रतियोगिता, बिजेतालाई ३० हजार दिइने

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • images
    images
    तीजमा गरिमा विकास बैंकको टिकटक प्रतियोगिता, बिजेतालाई ३० हजार दिइने

    काठमाडौँ / गरिमा विकास बैंक लिमिटेडले नेपाली हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । 

    images
    images

    करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं सङ्गीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ । 

    हरितालिका तीजलाई विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोहरूमध्ये प्रथमलाई रु ३० हजार द्वितीयलाई रु २० हजार तृतीयलाई रु १० हजार र बाँकी ७ वटा भिडियोलाई जनही रु ५ हजार सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

    यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार