images
images

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैङ्कको ‘शिक्षित लक्ष्मी’ पहल

महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैङ्कको ‘शिक्षित लक्ष्मी’ पहल

बिहिवार, जेठ ३ २०८१
बिहिवार, जेठ ३ २०८१
  • महिला सशक्तीकरणका लागि लक्ष्मी सनराइज बैङ्कको ‘शिक्षित लक्ष्मी’ पहल
    images
    images

    काठमाडौँ / महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ लक्ष्मी सनराइज बैङ्कले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । बैङ्कले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा समर्थन गर्न बैङ्कले गरेका विभिन्न गतिविधि र कार्यक्रमहरूलाइ एउटै छाताभित्र ल्याएको हो ।

    यस पहलले नारी शिक्षालाई प्रोत्साहन गरी उनीहरूलाई राष्ट्र निर्माणमा योगदान पुर्याउन सक्षम बनाउँदै समावेशी र समतामूलक समाज निर्माण गर्ने उद्देश्य राखेको छ ।  यस पहलअन्तर्गत आगामी ७ वर्षमा कूल ३५ लाख रकम प्रदान गर्ने गरी बैङ्कले हालै समता एजुकेशन ट्रस्टसँग समझदारी गरेको छ । 

    सो रकमले देशभरीका समता स्कूलमा अध्ययनरत सामाजिक र आर्थिक रूपमा विपन्न छात्राहरूले वार्षिक रूपमा छात्रवृत्ति प्राप्त गर्नेछन् ।  यसैगरी बैङ्कले आगामी ५ वर्ष सम्ममा १ करोडको छात्रवृत्ति कोष स्थापना गर्न काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ ।

    सो कोष मार्फत सोही विश्वविद्यालयबाट STEM (विज्ञान, प्रविधि, इन्जिनियरिङ्गग र गणित) विषयहरूमा स्नातकोत्तर वा विद्यावारिधि गर्न चाहने योग्य तथा आर्थिक रूपमा विपन्न महिलाहरुले छात्रवृत्ति प्राप्त गर्नेछन् । सो कार्यक्रम अन्तर्गत छात्रवृत्ति प्राप्त गर्ने महिलाहरूको संख्या वर्षेनी बढाउँदै लगिनेछ । 

    यस छात्रवृत्तिमार्फत २०२४ ब्याचका इरादा सुवेदी (एम.इ. स्ट्रकचरल इन्जिनियरिङ्ग) र सुनेना न्याछ्योँ (एम.एससी. इ एस) हाल अध्ययनरत छन् । 

    यस अघि पनि बैङ्कले नेपाल प्रहरीसँगको सहकार्यमा नेपालभरीका प्रहरी विद्यालयहरूमा अध्ययनरत योग्य छात्राहरुलाई यस्तै प्रकारको अक्षय कोष स्थापना गरी छात्रवृत्ति प्रदान गर्दै आएको छ । यस बाहेक बैङ्कले छात्राहरूलाई अन्य क्षेत्रहरूमा सहयोग गर्नुका साथै महिला उत्थानका लागि विभिन्न अभियानहरू सञ्चालन गर्दै आएको छ।

    यी प्रयासहरूले लक्ष्मी सनराइज बैङ्कको ‘शिक्षित लक्ष्मी’मार्फत शिक्षाको प्रवर्द्धन र महिला सशक्तिकरण प्रतिको प्रतिबद्धतालाई झल्काउँछ। लैङ्गिक समानतालाई आत्मसाथ गर्दै विभिन्न क्षेत्रहरूमा महिलाहरूको उत्थानमा टेवा पुर्याउने सो पहल बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वको एक मुख्य अङ्ग हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार