images
images

कृषि मन्त्री भुसालले इजिप्टकी राजदूत नोहा अहमदसँगको छलफलमा के भने ?

कृषि मन्त्री भुसालले इजिप्टकी राजदूत नोहा अहमदसँगको छलफलमा के भने ?

सोमवार, भदौ २५ २०८०
सोमवार, भदौ २५ २०८०
  • कृषि मन्त्री भुसालले इजिप्टकी राजदूत नोहा अहमदसँगको छलफलमा के भने ?
    images
    images

    काठमाडौँ / कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल र नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबाली बीच भेटघाट भएको छ ।


    सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा मन्त्री भुसाल र राजदूत एल्गेबाली बीच शिष्टचार भेटघाट भएको हो । 
    भेटमा मन्त्री भुसालले नेपालको उच्च गुणस्तरको चिया, कफी, अलैची जस्ता उपजहरु इजिप्टका जनतासामु पु¥याउन इच्छुक रहेको बताए । नेपालको कृषि क्षेत्रमा इजिप्टको सहयोग हुने मन्त्री भुसालले आशा व्यक्त गरे ।


    रासायनिक मलको उपलब्धतामा सहजिकरण गर्न सकिने बताएका मन्त्री भुसालले नेपालको कृषि प्राविधिकहरुलाई भविष्यमा विभिन्न प्राविधिक विषयमा तालिम तथा अध्ययनको अवसर उपलब्ध गराउन आग्रह गरे ।


    भेटमा राजदूत एल्गेबालीले नेपालसँग आफ्नो देशले व्यापारिक साझेदारी गर्न चाहेको बताइन् । साथै नेपालको माग भएमा रासायनिक मल दिन सक्ने जनाइन् । 


    आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउँदै सामाजिक, सांस्कृतिक र आर्थिक क्षेत्रमा सहयोग आदानप्रदान गर्दै जानुपर्नेमा जोड दिइन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार