images
images

यी ८ वाणिज्य बैंकका कर्मचारीले गत बर्षभन्दा कम बोनस पाउने, कुन बैंकले कति घटाए ?

यी ८ वाणिज्य बैंकका कर्मचारीले गत बर्षभन्दा कम बोनस पाउने, कुन बैंकले कति घटाए ?

बैंकमा काम गर्ने कर्मचारीको बोसन बढ्दै जाने हो भने कर्मचारीमा उर्जा थपिन्छ तर, घटदै गयो भने के होला ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    यी ८ वाणिज्य बैंकका कर्मचारीले गत बर्षभन्दा कम बोनस पाउने, कुन बैंकले कति घटाए ?

    काठमाडौँ / बैंकको जागिरलाई निकै आकर्षक र सुरक्षित मानिन्छ ।  उनीहरूले पाउने लाभांशले पनि बैंकको जागिरलाई उत्तिकै आकर्षक बनाएको छ । बैंकिङ क्षेत्र जागिर आकर्षणको केन्द्रबिन्दु बन्नुको मुख्य कारण संस्थाले कर्मचारीलाई दिने अन्य रोजगारी प्रतिष्ठानभन्दा उच्च तलबसँगै कर्मचारीले पाउने विभिन्न सेवा सुविधाले भने बैंकिङ क्षेत्रमा आकर्षण रहेको छ ।

    images
    images

    बैंकमा काम गर्ने कर्मचारीको बोसन बढ्दै जाने हो भने कर्मचारीमा उर्जा थपिन्छ तर, घटदै गयो भने के होला ? यस बर्षमा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ वटा वाणिज्य बैंकले कर्मचारीलाई दिने बोनस घटाएका छन् ।

    कर्मचारीलाई दिने बोनस घटाउने बैंकमा एनएमबि बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, प्राइम बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन बैंक र माछापुच्छ्रे बैंक रहेका छन् ।बैंकहरुले कर्मचारीलाई दिन छुट्याएको बोनस केही बैंकले दशैंको समयमा त केहीले कम्पनीको आगामी साधारण सभाको समयमा दिने गरेका छन् ।

    कुन बैंकले कति घटाए ? 

    १. एनएमबि बैंक

    एनएमबि बैंकले कर्मचारीलाई दिने बोनस ५.६३ प्रतिशतले घटेर ५४ करोड २० लाख रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५७ करोड ४३ लाख २० हजार छुट्याएको थियो । 

    २. हिमालयन बैंक

    हिमालयन बैंकले कर्मचारीलाई बोनसका लागि भन्दै ५१ करोड ५१ लाख ४० हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ५१.५२ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा १ अर्ब ६ करोड २५ लाख ९० हजार रुपैयाँ रहेको थियो । हाल हिमालयन बैंक र सिभिललाई मर्ज भई हिमालयन बैंकको नामबाट एकीकृत कारोबार भइरहेको छ ।

    ३. सिद्धार्थ बैंक

    गत आवमा सिद्धार्थ बैंकले कर्मचारीका लागि बोनस दिन ५१ करोड ९० हजार छुट्याएको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा २.३१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिमा ५२ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

    ४. प्राइम बैंक

    प्राइम बैंकले पनि कर्मचारीलाई दिने बोनस रकम ३६.३२ प्रतिशतले घटाएर ३७ करोड ५२ हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ५८ करोड १८ लाख ८० हजार रुपैयाँ रहेको थियो । 

    ५. राष्ट्रिय वाणिज्य बैंक

    सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकले पनि कर्मचारीलाई दिने बोनस ५.७० प्रतिशतले घटाएर ३६ करोड ९७ लाख १० हजार रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३९ करोड २० लाख ५० हजार रुपैयाँ रहेको थियो ।

    ६. एनसीसी बैंक

    एनसीसी बैंकसँग मर्ज भएको कुमारी बैंकले कर्मचारीलाई दिने बोनस २३.२८ प्रतिशतले घटाएर ३४ करोड १५ लाख ३० हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो आवको सोही अवधिमा ४४ करोड ५१ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

    ७. सिटिजन्स बैंक

    सिटिजन्स बैंकले गत आवमा अघिल्लो आवको तुलनामा कर्मचारीलाई दिने बोनस ५.५५ प्रतिशतले घटाएर ३३ करोड ४८ लाख ८० हजारमा झारेको छ । अघिल्लो आवको सोही अवधिमा ३५ करोड ४५ लाख ५० हजार रुपैयाँ रहेको थियो ।

    ८. माछापुच्छ्रे बैंक

    माछापुच्छ्रे बैंकले कर्मचारीलाई दिने बोनस अघिल्लो आवको तुलनामा गत आवमा १४.४६ प्रतिशतले घटाएको छ । अघिल्लो आवमा कर्मचारीका लागि बोनस भन्दै ३४ करोड ४६ लाख २० हजार छुट्याएकोमा गत आवको सोही अवधिमा २९ करोड ४७ लाख ८० हजार छुट्याएको छ ।

    अन्य कुन वाणिज्य बैंकले कति दिदैछ बोनस ? 

    Nada auto show 2023.JPG

    अन्य कुन विकास बैंकले कति दिदैछ बोनस ? 

    Nada auto show 2023.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार