images
images

एनआइसी एशिया बैङ्कद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित, गोलकिपर अञ्जना बैङ्कको ब्राण्ड प्रमोटर घोषित

एनआइसी एशिया बैङ्कद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित, गोलकिपर अञ्जना बैङ्कको ब्राण्ड प्रमोटर घोषित

मंगलवार, बैशाख २५ २०८१
मंगलवार, बैशाख २५ २०८१
  • images
    images
    एनआइसी एशिया बैङ्कद्वारा राष्ट्रिय महिला फुटबल टोली सम्मानित, गोलकिपर अञ्जना बैङ्कको ब्राण्ड प्रमोटर घोषित

    काठमाडौँ एनआइसी एशिया बैङ्क लिमिटेडले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । बैङ्कले केही समयअघि साउदी अरेबियामा सम्पन्न डब्ल्यूएफएफ वुमन च्याम्पियनसिप २०२४ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपविजेता बन्न सफल भएको राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । 

    images
    images

    ‘बैङ्क पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको सो बैङ्कले वैशाख २४ गते ललितपुरस्थित होटल हिमालयनमा विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको जनाएको छ । 

    बैङ्कले अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरेर राष्ट्रको गरिमा उच्च राख्न अतुलनीय योगदान गरेको भन्दै राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको हो । 

    बैैङ्कले अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्यमा आयोजित उक्त सम्मान कार्यक्रममा राष्ट्रिय महिला फुटबल टोलीका ३१ सदस्यहरुलाई जनही रु. २५००० र सम्मानपत्र सहित सम्मान गरेको हो । 

    साथै, उक्त कार्यक्रमका बीच बैङ्कले राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अञ्जना राना मगरलाई ब्राण्ड प्रमोटरका रूपमा समेत घोषणा गरेको छ ।

    पहिलो पटक सहभागी हुँदै साउदी अरेबियामा सम्पन्न भएको उक्त प्रतियोगितामा नेपाली राष्ट्रिय महिला फुटबल टोलीले उत्कृष्ट टिमवर्क, स्पोर्टम्यानसिप, धैर्यता र अठोटका साथ मैदानमा खरो उत्रिदै डब्ल्यूएफएफ वुमन च्याम्पियनसिप २०२४ को फाइनलसम्म पुगेर उपविजेता बन्न सफल भएको थियो । 

    बैङ्कले मैदान र मैदान बाहिर रहेर प्रगियोगिताभर विशेष योगदान गर्ने सम्पूर्ण खेलाडीलाई बधाई ज्ञापन गर्दै आगामी दिनहरूमा पनि यस्तै सफलता प्राप्त होस् भन्ने कामनासहित शुभकामनासमेत व्यक्त गरेको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार