images
images

नाडा अटो सोमा अर्थमन्त्री महत : नयाँ ब्रान्ड उद्घाट्नदेखि स्टल अवलोकनमा व्यस्त (तस्बिरहरू)

नाडा अटो सोमा अर्थमन्त्री महत : नयाँ ब्रान्ड उद्घाट्नदेखि स्टल अवलोकनमा व्यस्त (तस्बिरहरू)

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • नाडा अटो सोमा अर्थमन्त्री महत : नयाँ ब्रान्ड उद्घाट्नदेखि स्टल अवलोकनमा व्यस्त (तस्बिरहरू)

    काठमाडौँ / नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजनामा १५औँ संस्करणको नाडा अटो सो–२०२३को उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतले गरेका छन् । मङ्गलबार एक भव्य समारोहबिच सुरु भएको नाडा अटो सो भदौ ३१ गतेसम्म चल्नेछ । 

    images
    images

    उद्घाटनका क्रममा उनले अर्थतन्त्रभित्र देखिएको शिथिलता हट्दै गएको दाबी गरे । उनले सरकारले गरेका प्रयासहरूको प्रभावले आर्थिक गतिशीलतामा देखिएको समस्या समाधान हुँदै गएको पनि बताए ।

    nada auto1.jpg

    पहिले सवारी साधनलाई विलासिताका साधन मान्ने गरिएको र सोही अनुसार ट्याक्स लगाइएको तर, अब त्यस्तो सोच्न आवश्यक नरहेको अर्थमन्त्री डा. महतले भने ।

    “पछिल्लो समय विद्युतीय सवारीको प्रयोग बढ्दो छ, सरकारले यसको प्रयोगमा सहज नीति पनि अंगिकार गरिरहेको छ । अब मुलुकभित्रै सवारी उत्पादन तथा एसेम्बलिङ गर्नुपर्ने आवश्यक छ । यसका लागि व्यवसायीहरू अघि बढ्नुपर्छ,” उनले भने । प्रदर्शनी उद्घाटनपछि अर्थमन्त्री डा. महतले विभिन्न नयाँ ब्राण्डहरू उद्घाटन गरेका छन् भने कम्पनीहरूको स्टलसमेत भिजिट गरेका छन् । 

    हेर्नुस् तस्बिरमा 

    tata.jpg

    yneta.jpg

    News.jpg

    cg.jpg

    news1.jpg


    ampere.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार