images
images

नाडा अटो सोमा सार्वजनिक भयो टाटाको टियागो इभि, मूल्य कति ?

नाडा अटो सोमा सार्वजनिक भयो टाटाको टियागो इभि, मूल्य कति ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • नाडा अटो सोमा सार्वजनिक भयो टाटाको टियागो इभि, मूल्य कति ?

    काठमाडौँ / टाटाको वहुप्रतिक्षित इभी ह्याचब्याक टियागो नाडा अटो शोमा आज सार्वजनिक भएको छ । नेपालका लागि टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो सुरु भएको अवसरमा सो कार सार्वजनिक गरेको हो ।

    images
    images

    सिप्रदीले भारतीय बजारमा चर्चामा रहेको सिटी कार टियागो इभिका दुई भेरियन्ट नेपाली बजारमा ल्याएको हो। यसको सुरुवाती मूल्य २१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । सो इभीको लङ रेन्ज भेरियन्टमा २४ किलोवाट आवर क्षमताको ब्याट्री दिएको छ भने सर्ट रेन्जमा १९.२ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ । 

    यसको लङ रेन्ज भेरिएन्टले एक पटकको फुल चार्जमा ३१५ किलोमिटरसम्म रेन्ज दिने र सर्ट रेन्जले २५० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा एप्पल कार प्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी, ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पिकर रहेको छ ।

    tata.jpg

    टियागो इभिमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रिक ओआरभिएम, क्रुज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू पाउन सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार