images
images

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित, अहिलेसम्म कुनकुन सहकारीमा छ समस्या ?

शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित, अहिलेसम्म कुनकुन सहकारीमा छ समस्या ?

मंगलवार, भदौ २६ २०८०
मंगलवार, भदौ २६ २०८०
  • images
    images
    शिवशिखर र तुलसी बहुमुखी सहकारी समस्याग्रस्त घोषित, अहिलेसम्म कुनकुन सहकारीमा छ समस्या ?

    काठमाडौँ / भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले दुईवटा सहकारीलाई समस्याग्रस्त घोषणा गरेको छ। मन्त्रालयले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त घोषणा गरेको जनाएको हो।

    images
    images

    ‘सहकारी विभागको नियमन क्षेत्रभित्र पर्ने यी दुई सहकारी संस्थाले सहकारी ऐन, नियम, मूल्य, मान्यताविपरीतको कार्य गरी बचतकर्ता सदस्यको बचत रकम फिर्ता नगरेको सम्बन्धमा कारबाही हुँदा सहकारी ऐन २०७४ को दफा १०४ को उपदफा (१)को व्यवस्थाअनुसार सहकारी विभागका रजिस्ट्रारको सिफारिसमा उक्त सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

    समस्याग्रस्त घोषणा भएका यी सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन र दायित्व भुक्तानीसम्बन्धी अब सहस्याग्रस्त सहरकारी व्यवस्थापन समितिले गर्नेछ। यी सहकारी संस्थाका सञ्चालकले बचतकर्ताको बचत रकम हिनामिना गरेको भन्दै विभागमा उजुरी परेको थियो। 

    त्यस्ता उजुरीमाथि विभागले छानबिन गरेपछि समस्याग्रस्त घोषणा गर्न मन्त्रालयलाई सिफारिस गरेको थियो। सहकारी विभागको सिफारिसका आधारमा मन्त्रालयले सोमबार यस्तो निर्णय गरेको हो।यीसँगै समस्याग्रस्त घोषणा भएका सहकारीको संख्या १५ पुगेको छ। यसअघि मन्त्रालयले विभिन्न मितिमा १३ वटा सहकारी संस्थालाई समस्याग्रस्त घोषणा गरिसकेको छ। 

    स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट को–अपरेटिभ लिमिटेड, प्रभु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, कोहिनुर हिल सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, कन्जुमर बचत तथा ऋण सरकारी संस्था लिमिटेड र कुवेर बचत तथा ऋण सरकारी संस्था लिमिटेड समस्याग्रस्त सहकारीका रूपमा रहेका छन्।

    त्यस्तै, चार्टर्ड सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड, भेगास बचत तथा ऋण सरकारी संस्था लिमिटेड, स्टान्डर्ड मल्टिपर्पोज को–अपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, लुःनिभा बहुद्देश्यीय सहकारी संस्था लिमिटेड, ओरेन्डल को–अपरेटिभ लिमिटेड र पशुपती सेभिङ एन्ड क्रेडिट को–अपरेटिभ लिमिटेड समस्याग्रस्त सहकारीका रूपमा घोषणा भइसकेका छन्।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार