लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई एक्स्टर, केके छन् फिचर्स ?

लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई एक्स्टर, केके छन् फिचर्स ?

मंगलवार, भाद्र २६ २०८०
मंगलवार, भाद्र २६ २०८०
  • images
    लक्ष्मी इन्टरकन्टिनेन्टलले ल्यायो हुन्डाई एक्स्टर, केके छन् फिचर्स ?
    images

    काठमाडौँ / हुन्डाई गाडीको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले माइक्रो एसयूभी एक्स्टर सार्वजनिक गरेको छ । हुन्डाईको प्रोडक्ट पोर्टफोलियोमा सबैभन्दा सानो र सस्तो एसयूभीका रूपमा परिचित एक्स्टरलाई कम्पनीले नाडा अटो सो–२०२३ को अवसरमा सार्वजनिक गरेको हो । 

    images
    images

    अटो सोका लागि मात्र ल्याइएको सो एसयूभीको मूल्य निर्धारण गरिएको छैन । यद्यपि, यसको अनुमानित मूल्य ४० देखि ४४ लाखसम्म पर्ने अनुमान गरिएको छ । १.२ लिटर पेट्रोल इन्जिन जडित सो एसयूभीको पावर ८३ एचपी र टर्क ११४ एनएएम रहेको छ ।

    माइक्रो एसयूभी सेग्मेन्टको एक्स्टरमा यही सेग्मेन्टमा प्रतिस्पर्धा गरिरहेका टाटा पन्च, मारुती सुजुकी इग्निस र सिट्रोन सी३ मा नभएका प्रशस्तै सेग्मेन्ट फर्स्ट फिचर दिइएको छ । सो एसयूभीमा १८ प्रकारका ‘फर्स्ट–इन –सेग्मेन्ट’ फिचर दिइएको हो ।

    हुन्डाईले एक्स्टरमा पहिलोपटक ६ वटा एयरव्याग दिएको छ । यसैगरी यसमा शार्क–फीन एन्टेना, फूटवेल लाइटिङ, मेटल प्याडल, भ्वाइस–इनेवल्ड सनरुफ, डुअल क्यामेरा सहितको ड्यासक्याम र वायरलेस चार्जर पाउन सकिन्छ ।

    साथै सो एसयूभी टाईप–सी यूएसवी फास्ट चार्जर, पावर आउलेट सहितको रियर एसी भेन्ट, प्याडल सिफ्टर, १२ प्रकारका भाषा सपोर्ट गर्ने डिजीटल इन्स्ट्रयूमेन्ट क्लस्टर, अन–वोर्ड नेभीगेसन सिस्टम, एम्विएन्ट साउन्ड अफ नेचर, होम टु कार, वर्गलर अलार्म, थ्री प्वाइन्ट सीट वेल्ट, हील एसिसस्ट कन्ट्रोल र भेइकल स्ट्याविलीटी म्यानेजमेन्ट जस्ता ‘फर्स्ट–इन–सेग्मेन्ट’ फिचर्सबाट सुसज्जित रहेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    थप समाचार