Comming Soon

टिभिएस नेपालद्वारा  “हर मोडमा उमंग” अफर सार्वजनिक, १० लाख रुपैयाँ सम्म जित्न सकिने

टिभिएस नेपालद्वारा  “हर मोडमा उमंग” अफर सार्वजनिक, १० लाख रुपैयाँ सम्म जित्न सकिने

images
अर्थ डबली
शुक्रवार, भाद्र २९ २०८०
अर्थ डबली
शुक्रवार, भाद्र २९ २०८०
  • टिभिएस नेपालद्वारा  “हर मोडमा उमंग” अफर सार्वजनिक, १० लाख रुपैयाँ सम्म जित्न सकिने
    images

    काठमाडौँ/  नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले चाडपर्वलाई मध्यनजर गर्दै “हर मोडमा उमंग” नामको विशेष योजना सार्वजनिक गरेको छ । 

    images
    images
    images

    यो योजना अन्तर्गत ग्राहकले टिभिएसको मोटरसाइकल र स्कुटर खरिद गर्दा रु. १० लाख सम्म जित्ने मौका प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

    योजना भदौ २८ गतेबाट देशभर सीमित समयावधिका लागि उपलब्ध हुनेछ ।  
    “हर मोडमा उमंग” योजना अन्तर्गत नकिन्दै धधध।तखकलभउब।िअयmरमबकजबष्ल मा गएर एक लाख जित्ने मौका र खरिद गरेपछि दस लाख सम्म जित्ने मौका रहेको छ । 

    हरेक महिना १०० प्रतिशत क्याश ब्याक जित्ने अवसरका साथ एक भाग्यशाली विजेताले बम्परमा रु. १० लाख सम्म जित्ने अवसर पनि रहेको कम्पनीले जानकारी दिएको छ । 
    साथै, कम्पनीले एक्चेन्जमा रु. १० हजार सम्म थप भ्यालुएशन तथा शुन्य प्रतिशत ईन्टरेस्ट र २५ प्रतिशत डाउनपेमेन्टमा बाइक तथा स्कूटर घर लैजान सकिने सुविधापनि दिएको छ । 

    त्यसैगरी जीवनभरका लागि वारेन्टी सुविधापनि दिइने कम्पनीले बताएको छ ।
    विजेताहरूको घोषणा महिनाको पहिलो मंगलबार लक्की ड्र मार्फत साँझ ५ बजे जगदम्बा मोटर्सको आधिकारिक फेसबुक पेजमा प्रत्यक्ष प्रसारण गरिने जनाएको छ ।
    जगदम्बा मोटर्स प्रा लि नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो । 

    कम्पनीको नेपालभर १४० भन्दा बढी डिलरहरुको बलियो राष्ट्रव्यापी वितरण सञ्जालका साथ टीभीएसले बजारमा आफ्नो मजबुत पकड राख्न तथा  ग्राहकहरूको मनमस्तिष्कमा उच्च स्थान जमाउन सफल छ । 

    गुणस्तरीय उत्पादनहरु, बिक्री पश्चातको उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धता मार्फत उपभोक्तालाई दिइएको उच्चतम सन्तुष्टिका कारण आज टिभिएस नेपालको सर्वाधिक रुचाइएको टू–ह्विलर ब्राण्डका रुपमा स्थापित छ । 

    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    images
    थप समाचार