images
images

सेयर बजार : समालिदा सहालिदैँ पनि घट्यो, बैंकिङ समूह बढ्दा कारोबारमा दुई पुनर्बिमाको छलाङ

सेयर बजार : समालिदा सहालिदैँ पनि घट्यो, बैंकिङ समूह बढ्दा कारोबारमा दुई पुनर्बिमाको छलाङ

बिहिवार, फागुन २२ २०८१
बिहिवार, फागुन २२ २०८१
  • images
    images
    सेयर बजार : समालिदा सहालिदैँ पनि घट्यो, बैंकिङ समूह बढ्दा कारोबारमा दुई पुनर्बिमाको छलाङ
    images
    images

    काठमाडौँ / साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार समालिदा समालिदै बन्द भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.७० अङ्कले घटेर २८१८.४३ बिन्दुमा झरेको हो । 

    images
    images

    अघिल्लो कारोबार दिनको तुलनामा बिहीबार कारोबार रकमसमेत सामान्य घटेको छ । आज सेयर बजारमा १० अर्ब १० करोड १८ लाख १७ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो । बुधबार भने १० अर्ब ९७ करोड २६ लाख ५४ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो।  

    यससँगै आज बजार पुँजीकरण रकम ४६ खर्ब ७९ अर्ब ८८ करोड कायम भएको छ । तेस्रो दिनदेखि लगातार घटेको सेयर बजार चौथो दिन समालिन खोजेको देखिन्छ । 

    बिहीबार एक सय कम्पनीको मूल्य बढ्दा १३१ कम्पनीको घटेको छ । आज १२ कम्पनीको सेयर मूल्य स्थिर रह्यो । यसैगरी, ३१० धितोपत्रको १ करोड ९० लाख ४१ हजार ५१४ कित्ता सेयर ९३ हजार ८९५ पटकमा खरिद बिक्री भयो । 

    यस दिन बैंकिङ सेक्टरसहित उत्पादन र लघुवित्त समूह सामान्य बढेको छ । बिहीबार विकास बैंकको परिसूचक सबैभन्दा बढी १.८६ प्रतिशतले बढेको छ भने बैंकिङ उपसमूह ०.०३ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२४ प्रतिशत र लघुवित्त समूह ०.०५ प्रतिशतले बढेको छ । 
    कारोबार अवधिभर सेयर बजारमा उतारचढाव देखियो । सबैभन्दा बढी आज जीवन बिमा समुह ०.८० प्रतिशतले घटेको छ । त्यस्तै, होटल्स तथा पर्यटन समूह ०.५७ प्रतिशत, वित्त ०.२३ प्रतिशत, हाइड्रो पावर ०.०६ प्रतिशत, लगानी ०.१४ प्रतिशत, म्युचुअल फण्ड ०.१८ प्रतिशत, निर्जीबन बिमा ०.०४ प्रतिशत, अन्य ०.७१ प्रतिशत र व्यापारिक समूह ०.२४ प्रतिशतले घटेको छ । 

    बिहीबार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स र भूगोल इनर्जी डेभलपमेन्टको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । गार्डियन माइक्रो लाइफको सेयर मूल्य १५२ रुपैयाँले बढेर १६७२ रुपैयाँ पुगेको छ । त्यस्तै, भूगोल इनर्जीको सेयर मूल्य ७४३.६० रुपैयाँ पुगेको छ । 

    यसैगरी, उपकार लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता ४६३० रुपैयाँ पुगेको छ भने राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको मूल्य ९.९१ प्रतिशतले बढेर ६९९ रुपैयाँ पुगेको छ । यसैगरी, महालक्ष्मी विकास बैंकको सेयर मूल्य ७.८४ प्रतिशतले बढेर ४२९ रुपैयाँ कायम भएको छ । 

    त्यस्तै, १० प्रतिशत नविल डिवेन्चर २०८१ को सेयर मूल्य १० प्रतिशतले नै घटेर ११२३.२० रुपैयाँ कायम भएको छ । यता, गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.६० प्रतिशतले घटेर ३०८० रुपैयाँ कायम भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेडको सेयर मूल्य ६.३५ प्रतिशतले घटेर ११८० रुपैयाँ कायम भएको छ । 


    बिहीबारको कारोबार रकममा दुई पुनर्बिमा कम्पनीको हिस्सा अर्ब नाघेको छ । हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार रकम १ अर्ब १२ करोड ८३ लाख ६२ हजार रुपैयाँ छ भने नेपाल पुनर्बिमा कम्पनीको कारोबार रकम १ अर्ब ८ करोड १ लाख रुपैयाँ छ ।

    कारोबार बन्द हुने समयसम्म हिमालयन रिइन्स्योरेन्सको सेयर मूल्य १०७३ रुपैयाँ कायम भएको छ । त्यस्तै, नेपाल पुनर्बिमा कम्पनीको सेयर मूल्य १३५० रुपैयाँ छ । बुधबारको तुलनामा आज दुबै पुनर्बिमा कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार हिमालयनको सेयर मूल्य १११५ रुपैयाँ थियो भने पुनर्बिमाको १३४५ रुपैयाँ
    थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार