धुलिखेल/ मुलुकमा पुष्प बजार आत्मनिर्भरउन्मुख हुुँदै गएको नेपाल फ्लोरिकल्चर एशोसिएसन नेपाल (फ्यान)का अध्यक्ष मिन बहादुर तामाङले बताएका छन् । अध्यक्ष तामाङले फ्यानको ३१ औं वार्षिक साधरण सभा धुलिखेलमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । करिब ९० प्रतिशत फूलहरु मुलुकमै आयात हुने गरेको उनले बताए । तर, अझै सरकारी तथ्याङ्क अनुसार नभएको उनले स्पष्ट पारे । राज्यको विभिन्न असहजताको कारण फूल आयात भइरहेको अध्यक्ष तामाङले बताए । साधारण सभालाई सम्बोधन गर्दै बजेट तथा मौद्रिक नीति अस्पष्ट हुँदा फ्लोरिकल्चर क्षेत्र फष्टाउन नसकेको धारणा राखे ।
३१ औं साधरण सभालाई सम्बोधन गर्दै उनले प्लाष्टिक जन्य फूलहरु रोक्नुपर्ने बताए । अघिल्लो बर्ष रोकिए पनि फेरि आयात भइरहेकोतर्फ अध्यक्ष तामाङले संकेत गरे ।
अध्यक्ष तामाङका अनुसार अहिलेको समस्या भनेको बिउ बिजनको ऐन पनि रहेको बताए, नेपालमा सुचिकृत नभएको बिउहरु ल्याउन नपाउने भएपछि नर्सरी क्षेत्रलाई निकै समस्या छ । फ्लोरिकल्चर क्षेत्रलाई छुटै सुचिकृत गरेर आयात गर्न पाउनुपर्छ । यो खाद्य बाली र तरकारी बालीभन्दा फरक क्षेत्र भएको उनले बताए । फ्लोरिकल्चर क्षेत्रमा समस्या आउँदा ४५ हजारभन्दा बढि व्यक्तिहरुको रोजगारी संकटमा पर्ने उनले बताए ।
त्यस्तै, उनले पुष्प व्यवसायीका लागि क्वारेन्टाइन, भन्सार नाकाहरु सहज नभएको उनले बताए । अनियन्त्रित र अबैध आयात भइरहेको छ, त्यस्ता विषय रोक्न आग्रह गर्दछु उनले भने । फ्लोरिकल्चर एशोसिएसनले आधुनिक किसीमको पुष्प बजारको परिकल्पना गरेको छ । हाम्रा ग्राहकहरुले निश्चित क्षेत्रमा गएर आफ्नो चाहानाको फूलविरुवा किन्न पाउनु पर्छ भन्ने परिकल्पना अनुसार डिपिआर तयार भइरहेको छ । प्रदेश सरकारसँगको समन्वयमा अधि बढि रहेको छ । पुष्प बजार निर्माण जग्गा प्राप्तिको लागि संघिय सरकारले नै अगुवाइ लिनुपर्दछ अध्यक्ष तामाङले भने ।
यस्तैगरी कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघ नेपालका बरिष्ठ उपाध्यक्ष मोहन कटवालले घरेलु तथा साना उद्योगीहरुको समस्या धेरै रहेको बताएका छन् । यस्तै पुष्प व्यवसाय क्षेत्रमा पनि बिउविजन, मल, प्रविधि सिंचाइ लगायत विभिन्न क्षेत्रमा समस्या रहेको छ । बजेट तथा मौद्रिक नीति मार्फत सरकारले विभिन्न योजना ल्याए पनि लक्षित बर्गको पहुँचमा पुग्न नसकेको बरिष्ठ उपाध्यक्ष कटवालले बताए । त्यस्तै, समस्याका विषयहरु सरकारको सम्बन्धित निकायमा पुर्याउने प्रतिबद्धता व्यक्त गरे ।
कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका उपसचिव नेपाल प्रद्युम्न राज पाण्डेले फ्लोरिकल्चरको भविष्य र सम्भावना निकै रहेको बताए । नेपालमा नीजि क्षेत्रले गरेको प्रयासलाई बधाई दिएका छन् । लगानी अनुसार उपलब्धि हासिल गरेको राज्यले गर्व गर्न लायक विषय भएको बताए । राज्यले सकेजति सम्बोधन गरेको बताउँदै विदेशी मुलुकमा जति धनी देख्छौं त्यतिकै गरिबी र धनीको फराकिलो खाडल बन्दै गएको उपसचिव पाण्डेले बताए । कतिपय समस्याहरु कृषि मन्त्रालयले सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हेमराज ढकालले पुष्प व्यवसायको क्षेत्र ठूलो क्षेत्र भएको बताएका छन् । मुलुकमा जन्म, मृत्यूदेखि मानिसका विभिन्न रितिरिवाज चाडपर्वमा फूलको प्रयोग हुने भएकोले यसको ठूलो व्यापार क्षेत्र रहेको बरिष्ठ उपाध्यक्ष ढकालले बताए ।
विदेशमा अझै विविध क्षेत्रमा यसको प्रयोग हुने गरेको उनले उल्लेख गरे । उलने भने कोभिडपछि पुष्प व्यवसायमा ठूलो समस्या देखेको छु । स्टोर गर्न नसकिनेहुँदा त्यस समय व्यवसायीको लगानी धेरै खेर गए । बिउ विजन आयात गर्दा थोरै क्षेत्रलाई मात्रै सूचिकृत गरेको कारण समस्या देखिएको छ, मैले सक्दो पहलकदमी गर्नेछु ।