चर्चित समाचार
  • कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्दा पाइन्छ पैसा

    कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्दा पाइन्छ पैसा

    शुक्रवार, भदौ २९ २०८०
    शुक्रवार, भदौ २९ २०८०
  • कनेक्ट आइपिएसको ‘रिफर अ फ्रेन्ड’ अफर, रिफर गर्दा पाइन्छ पैसा

    काठमाडौँ / भुक्तानी सेवाप्रदायक कनेक्ट आइपिएसले ‘रिफर अ फ्रेन्ड’ अफर सञ्चालनमा ल्याएको छ । तीन महिनाका लागि ल्याइएको अफरअन्तर्गत रिफरर (रिफर गर्ने) र रिफरी (नयाँ रजिस्टर हुने) दुवैले रकम प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

    ‘रिफर अ फ्रेन्ड’ अफरअन्तर्गत कनेक्ट आइपिएसका प्रयोगकर्ताले साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आइपिएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन् । अफरअन्तर्गत भदौ १७ देखि मंसिर १६ सम्म रिफरीले बैङ्क खाता भेरिफाइड गराएपछि रिफररले २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ बैङ्क खातामा प्राप्त गर्न सक्नेछन् ।

    अफरको फाइदा लिन रिफररले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । रिफरीले कनेक्ट आइपिएसमा नयाँ युजर रजिस्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैङ्क खाता लिंक गरेर सेल्फ भेरिफाई वा नजिकैको बैङ्कमा गएर भेरिफाई गरेपश्चात रिफररले २५ र रिफरीले ५० रुपैयाँ पाउने कम्पनीले जनाएको छ ।

    कनेक्ट आईपीएस बैङ्कका ग्राहकका लागि एकै प्ल्याटफर्ममार्फत एकभन्दा बढी खाता लिंक गरी फन्ड ट्रान्सफरलगायत विभिन्न भुक्तानी गर्नका निम्ति एक सजिलो माध्यम हो । कनेक्ट आइपिएसको वेबमार्फत प्रतिकारोबार २० लाखसम्म र मोबाइल एपमार्फत प्रतिकारोबार दुई लाखसम्मको भुक्तानी गर्न सकिन्छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार