हिमालयन बैंकद्वारा भद्रकाली पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालन

हिमालयन बैंकद्वारा भद्रकाली पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालन

आइतवार, भदौ ३१ २०८०
आइतवार, भदौ ३१ २०८०
  • images
    images
    हिमालयन बैंकद्वारा भद्रकाली पेट्रोल स्टेशनमा डिजिटल भुक्तानी काउन्टर सञ्चालन

    काठमाडौं / हिमालयन बैंक लिमिटेडले भद्रकालीस्थित सैनिक कल्याणकारी कोषद्वाारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशनमा २०८० साल भाद्र २७ गते बुधबारको दिनदेखि डिजिटल भुक्तानी काउन्टर सञ्चालनमा ल्याएको छ ।

    images
    images

    बंैक र सैनिक कल्याणकारी कोषद्वारा संचालित रिपुमर्दिनी पेट्रोल स्टेशन बिच भएको सम्झौता अनुसार पेट्रोल स्टेशनमा आउने ग्राहकहरुको सुबिधालाई मध्यनजर गर्दै उक्त काउन्टर संचालनमा ल्याइएको बैंकले जनाएको छ । 

    रिपुमर्दिनी पेट्रोल स्टेशनमा स्थापना गरिएको सो काउन्टरमा ग्राहकहरुले विभिन्न बैंकको मोबाइल बंैकिङ्ग एपमा रहेको Nepal pay तथा सबै बैंकबाट जारी भएको एटिएम कार्ड मार्फत POS मेसिनबाट सहजै भुक्तानी गर्न सक्नेछन् । 

    himalyan bank.JPG

    भुक्तानी प्राप्त भए पश्चात् नै भ्वाइस मेसिन तथा एसएमएस मार्फत क्रेता तथा बिक्रेताले भुक्तानी सम्बन्धी जानकारी प्राप्त गर्दछन् । 

    बैंकका नायव प्रमुख कार्यकारी उज्वल राजभण्डारी तथा सैनिक कल्याणकारी कोषकोतर्फबाट कोषका सहायक रथि किरण केसीले एक समारोह बीच बैंक र कोषका अन्य उच्चपदस्थ कर्मचारीहरुको उपस्थितिमा उक्त डिजिटल भुक्तानी काउन्टरको संयुक्तरुपमा उद्घाटन गरेका थिए । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार