Comming Soon

‘मुक्तिनाथ सेयरधनी बचत खाता’ थपिए सुविधाहरू, अब यी सेवाहरू निःशुल्क पाइने

‘मुक्तिनाथ सेयरधनी बचत खाता’ थपिए सुविधाहरू, अब यी सेवाहरू निःशुल्क पाइने

images
अर्थ डबली
मंगलवार, आश्विन २ २०८०
अर्थ डबली
मंगलवार, आश्विन २ २०८०
  • ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ थपिए सुविधाहरू, अब यी सेवाहरू निःशुल्क पाइने
    images

    काठमाडौँ / मुक्तिनाथ विकास बैङ्कले सेवाग्राहीहरूलाई सुविधा दिन र सेयर लगानी गर्न चाहने ग्राहकहरूलाई सम्पूर्ण सेवाहरू एकै स्थानबाट उपलब्ध गराउन मुक्तिनाथ क्यापिटल लिमिटेड र सेयर ब्रोकर कम्पनीहरूबिच त्रिपक्षीय व्यवसायिक सम्झौता गरेको छ । 

    images
    images
    images

    यो सम्झौता बमोजिमको सुविधाहरू ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ खोल्नुहुने ग्राहकहरूले पाउनेछन् । उक्त सम्झौता बामोजिम बैङ्कका ग्राहकहरूले मुक्तिनाथ विकास बैङ्कको कुनै पनि शाखाबाट तीन वटा कम्पनीहरूले (मुक्तिनाथ विकास बैङ्क, मुक्तिनाथ क्यापिटल र तोकिएका सेयर ब्रोकर कम्पनीहरू) दिने विभिन्न सेवा सुविधाहरू पाउन सक्नेछन् । 

    नयाँ व्यवस्था अनुसार ‘मुक्तिनाथ सेयरधनी बचत खाता’ न्यूनतम मौजदात एक सय रुपैयाँमा खोल्न सकिने, निःशुल्क कनेक्ट आइपिएस रजिष्टे«शन, निःशुल्क मोबाइल बैङ्किग र इन्टरनेट बैङ्किग, मुक्तिनाथ क्यापिटल लि.बाट निःशुल्क डिम्याट खाता, मेरो सेयर रजिष्ट्रेशन र पोर्टफोलियो म्यानेजमेन्ट सर्भिसमा ५० प्रतिशतसम्म छुट तथा ब्रोकर कम्पनीहरूबाट निःशुल्क ब्रोकर खाताको सुविधा पाउनेछन् ।
     
    उक्त सम्झौतामा क्यापिटल म्याक्स (ब्रोकर नं. ६२), मियो सेक्युरिटिज् (ब्रोकर नं. ६६) र हातेमालो फाईनान्सियल सर्भिसेज् (ब्रोकर नं. ७२) आवद्ध भएका छन् । सेवाग्राहीहरूलाई उक्त कम्पनीहरूबाट उपलब्ध हुने सेवाहरू भविष्यमा थप गर्दै लैजाने योजना रहेको बैङ्कले जनाएको छ ।

    बैङ्कले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैङ्कको डेबिट कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैङ्कको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

    त्यसैगरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैङ्किग, खाता मै रेमिट्यान्स जम्मा गर्न सकिने तथा मिस्डकल बैङ्किग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैङ्कको शाखामा उपस्थित नभई उपयोग गर्न सकिने व्यवस्था गरेको छ । 

    images
    images
    images
    साताको लोकप्रीय
    images
    images
    images
    images
    थप समाचार