images
images

पत्रकार कुट्ने शिक्षकलाई कडा कारबाही गर्न पत्रकार महासंघ काठमाडौंको माग

पत्रकार कुट्ने शिक्षकलाई कडा कारबाही गर्न पत्रकार महासंघ काठमाडौंको माग

बिहिवार, असोज ४ २०८०
बिहिवार, असोज ४ २०८०
  • पत्रकार कुट्ने शिक्षकलाई कडा कारबाही गर्न पत्रकार महासंघ काठमाडौंको माग
    images
    images

    काठमाडौ/  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले पत्रकारलाई गाली गलौज गर्दै पत्रकार कुट्ने भानु माध्यामिक विद्यालय (दरबार हाइस्कुल) का शिक्षकलाई कारबाहीको माग गरेको छ ।

    आज बिहिबार महासंघ काठमाडौंले एक विज्ञप्ति जारी गर्दै घटनामा संलग्न शिक्षकद्वय दिपेन्द्र चौलागाई र पदम बटालालाई कडा कारबाहीको माग गर्दै विज्ञप्ति जारी गरेको हो ।

    काठमाडौँस्थित रानीपोखरीमा रहेको भानु माध्यमिक विद्यालय (दरबार हाई स्कुल)का शिक्षकले पत्रकार राजेन्द्र बरालमाथि गाली गलौज गर्दै अभद्र ब्यवहार गरेका छन् । बराल संसार न्युज डट कम का सम्पादक तथा सोहि विद्यालयका अभिभावक समेत हुन् ।

    पत्रकार राजेन्द्र बराललाई “तेरा छोरालाई स्कुलबाट निकालेर लैजा” भन्दै गाली गलौजसाथ कुटपिट गरेको  थियो । शिक्षकद्वय दिपेन्द्र चौलागाई र पदम बटालाले विद्यालय हाताभित्र कुटपिट समेत गरेकोले कडा कारबाही गर्न महासंघले विज्ञप्ति जारी गरेको छ । 


    बिज्ञप्तिमा भनिएको छ, ‘शिक्षक जस्तो मर्यादित पेशामा रहेर यस्तो हर्कत गर्नु निन्दनियमात्रै नभएर दुखःद विषय हो, कुटपिट  गर्ने दोषीलाई कारबाही हुनुपर्दछ, महासंघको गम्भिर ध्यानाकर्षण भएको छ ।’

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार