images
images

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

शनिवार, असोज ६ २०८०
शनिवार, असोज ६ २०८०
  • सरकारले कृषि तथा पशु क्षेत्रलाई प्राथमिकता दिएको छ : मन्त्री भुसाल

    दमौली / कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसालले सरकारले कृषि तथा पशुको स्वास्थ्यको विषयलाई प्राथमिकता दिएको बताएका छन् । तनहुँको शुक्लागण्डकी–५ बेलचौतारामा नवनिर्मित शुक्लागण्डकी भेटेरेनरी अस्पतालको आज उद्घाटन गर्दै मन्त्री भुसालले पशुको स्वास्थ्यको विषयलाई अहिलेको सरकारले महत्व दिएको बताए ।


    पशुको मासु र पशुजन्य उत्पादन मानिसले प्रयोग हुने भएकाले पशु स्वस्थ राख्नुपर्नेमा मन्त्री भुसालको जोड थियो ।  उनले भने, “हामी जति मानवको स्वास्थ्यको बारेमा सचेत छौँ, त्यसको एक प्रतिशत पनि पशुको स्वास्थ्यको बारेमा प्राथमिकता दिएको पाउदैनौँ । अहिलेको सरकार पशु स्वास्थ्यको क्षेत्रमा पनि काम गर्नुपर्छ भनेर लागि रहेको छ ।”

    मन्त्री भुसालले नेपालमा कृषि र पशुपालननै कृषिको मुख्य आम्दानीको स्रोत भएको बताउँदै वर्तमान सरकारले यसैलाई प्राथमिकता दिएको उल्लेख गरे । उनले भने, “सरकारले किसानको हितमा काम गरेको छ । हामीले समयमै मल उपलब्ध गरायौँ । विद्यार्थीको हातमा समयमै पाठ्पुस्तक पुर्यायौँ ।”

    गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले सीमित स्रोत र साधनबाट प्रदेश सरकारले काम गरिरहेको बताउँदै किसानका समस्या पहिचान गरि समाधान गर्दै जाने प्रतिबद्धता जनाए । शुक्लागण्डकी नगरपालिकाका नगरप्रमुख कृष्णराज पण्डितले तीनै तहका सरकारले वास्तविक किसानलाई प्रोत्साहन गर्न नसके पलायन हुन सक्ने बताए । 

    नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको सहयोगमा मूल्य अभिवृद्धि कर बाहेक रु एक करोड २५ लाख १५ हजार लागतमा एक तले भवन निर्माण गरिएको हो । देशभर २८ वटा पालिकामा भवन निर्माण गरिएको आयोजनाका निर्देशक डा रामनन्दन तिवारीले जानकारी दिए । आयोजनाले पशु स्वास्थ्य, नश्ल सुधार, खोप आपूर्ति लगायतका क्षेत्रमा कार्य गर्दै आएको छ ।

    तनहुँमा बन्दीपुर र शुक्लागण्डकीमा अस्पताल भवन निर्माण गरिएको छ । भवनबाट आधारभूत प्रयोगशाला सेवा, पशुचिकित्सक सेवा, सर्जरी तथा बन्ध्याकरण लगायतका सेवा प्रदान गरिने पशुसेवा शाखा शुक्लागण्डकीका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार