images
images

देवयानी इन्टरनेशनलको केएफसी रेष्टुरेन्ट, जहाँ पाइन्छ विशेष क्षमता भएका व्यक्तिहरूद्वारा सेवा

देवयानी इन्टरनेशनलको केएफसी रेष्टुरेन्ट, जहाँ पाइन्छ विशेष क्षमता भएका व्यक्तिहरूद्वारा सेवा

शनिवार, असोज ६ २०८०
शनिवार, असोज ६ २०८०
  • images
    देवयानी इन्टरनेशनलको केएफसी रेष्टुरेन्ट, जहाँ पाइन्छ विशेष क्षमता भएका व्यक्तिहरूद्वारा सेवा

    काठमाडौँ / असोज ६ गते सेप्टेम्बर २३ अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवसको दिन को । उक्त दिवसको अवसरमा देवयानी इन्टरनेशनल नेपाल प्रा.लि. ले विशेष रूपमा बोल्ने र श्रवण–शक्ति नभएका महिला कर्मचारीद्वार सञ्चालित नेपालको पहिलो विशेष केएफसी सञ्चालनमा ल्याएको छ । 

    images
    images

    रेस्टुरेन्टमा त्यस्ता फरक क्षमता भएका युवा जोश बोकेका समर्पित महिलाहरुको टोली सम्पूर्ण रेस्टुरेन्ट व्यवस्थापन गर्न सीपहरूले प्रशिक्षित छन् । 

    यो पहल देवयानी इन्टरनेशनल नेपाल र केएफसीको  सबैका लागि समान अवसरहरू सिर्जना गर्ने यात्रामा एक महत्वपूर्ण उपलब्धि पनि हो ।
     
    ‘हाम्रो विशेष टोलीको उत्साह र समर्पणले अन्तर्राष्ट्रिय साङ्केतिक भाषा दिवसको भावनालाई स्वरूप दिन्छ, सञ्चारले शब्दहरूलाई पार गर्छ । व्यापक प्रशिक्षणको साथ, केएफसीले ग्राहकहरूलाई यस विशेष टोलीद्वारा सेवा दिने सुनिश्चित गरेको भन्दै, केएफसी इन्डिया र नेपालका सी.ई.ओ, रजत लुथराले बोल्ने र श्रवणशक्ति नभएका महिलाहरूद्वारा सञ्चालित पहिलो केएफसी रेस्टुरेन्ट खोल्ने पहलमा खुसी व्यक्त गरे ।  

    लुथरले परिवर्तनकारी प्रभावमा आफ्नो अटल सहयोगको वाचा पनि गरे ।  उनले  भने, “यो एक संस्थाको रूपमा देवयानी इन्टरनेशनल नेपालको लागि महत्वपूर्ण उपलब्धि हो र हामीलाई विश्वास छ विविधता र समावेशीताले हाम्रो समुदायलाई समान बनाउन मद्दत गर्दछ ।’
    विशेष टोलीका साथ हामीले स्वीकृति र सामाजिक मान्यतालाई बढावा दिने लक्ष्य राख्छौं । हामी लेप्रोसी मिसन नेपालप्रति आभारी छौं  उनले भने, ‘जसको समर्थनले हामीले यो विशेष टोली संयोजन गर्न र वहाँहरूसँग काम गर्ने मौका पाएका छौँ ।”

    “अन्तर्राष्ट्रिय सांकेतिक भाषा दिवस मनाउँदै देवयानी इन्टरनेशनल लिमिटेडले विशेष रूपमा बोल्ने र सुन्ने क्षमता नभएका व्यक्तिहरूका लागि रोजगारीका अवसरहरू विस्तार गर्ने बताएको छ । आगामी वर्षहरूमा त्यस्ता रेस्टुरेन्टहरू थप्ने वाचा समेत कम्पनीले गरेको छ । 

    केएफसी के हो ? 
    केएफसी एक विश्वव्यापी चिकन रेस्टुरेन्ट ब्रान्ड हो जसको सफलता र नवप्रवर्तनको समृद्ध, दशक लामो इतिहास छ । यो सबै एक कुक, कर्नल हार्ल्यान्ड स्यान्डर्सबाट सुरु भएको थियो, जसले ८० वर्ष बढी पहिले रेसिपी बनाएका थिए । आज पनि १४५ देशमा २६,००० रेस्टुरेन्ट स्यान्डर्सकै रेसिपीको पालना गरिरहेको छ । 

    लेप्रोसी मिसन नेपाल बेलायतमा स्थापित, लेप्रोसी मिसन नेपाल एक अन्तर्राष्ट्रिय गैर–सरकारी संस्था हो । 
    कुष्ठरोगबाट ग्रस्त भएकाहरूको लागि काम गर्नु उनीहरूको मुख्य प्राथमिकता रहेको संस्थाले भनेको छ । 

    निष्पक्षता प्रवर्द्धन गर्न र विकास प्रक्रियामा अपाङ्गता र कुष्ठरोगीहरूको सहभागिता प्रवर्द्धन गर्न स्वास्थ्य, क्षमता निर्माण, शिक्षा, दिगो जीविकोपार्जन र सामुदायिक विकासका क्षेत्रमा अघि बढेको छ  । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार