चर्चित समाचार
  • फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट

    फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट

    सोमवार, बैशाख २४ २०८१
    सोमवार, बैशाख २४ २०८१
  • फोनपेको अन्तर-आबद्ध भुक्तानी प्रणालीमा समावेश भयो मोरु डिजिटल वालेट

    ललितपुर / फोनपे, नेपालको अग्रणी भुक्तानी सञ्चालकले, पे नेप प्राइभेट लिमिटेड (मोरु डिजिटल वालेट)लाई आफ्नो संजालमा समावेश गरेको छ । मोरु डिजिटल वालेट, फोनपे नेटवर्कमा अन्तरआबद्ध हुनाले अब मोरु डिजिटल वालेटबाट सजिलै क्यु.आर भुक्तानी कारोबारहरू गर्न सकिने भएको छ।

    फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा र मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले, फोनपे र मोरु डिजिटल वालेटका प्रतिनिधि तथा सञ्चारकर्मीको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

    यस अन्तर-आबद्धताको साथमा, सम्पूर्ण मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूले फोनपे नेटवर्कमा अबस्थित नेपालभरका झण्डै चौध लाख व्यवसायी स्टोरहरुमा सहज रूपमा किफायती, सुविधाजनक र सुरक्षित क्यु।आर भुक्तानी गर्न सक्नेछन् ।

    उक्त कार्यक्रममा बोल्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवास कुमार सापकोटाका भने, “हामी मोरु डिजिटल वालेटलाई हाम्रो बढ्दो भुक्तानी इकोसिस्टममा स्वागत गर्न पाउँदा खुसी छौं। यो साझेदारीले  हाम्रा प्रयोगकर्ताहरूलाई व्यापक डिजिटल भुक्तानी अनुभव प्रदान गर्नको लागि सदैब तत्पर रहने हाम्रो दृष्टिकोणलाई दर्साएको छ । मोरु डिजिटल वालेटलाई हाम्रो नेटवर्कमा अन्तरआबद्ध  गर्दै, हामीले  हाम्रा ग्राहकहरूलाई भुक्तानीका विभिन्न विकल्पहरू प्रदान गर्नुको साथ(साथै  वित्तीय इकोसिस्टमलाई अझै फराकिलो बनाएका छौँ।” 

    समारोहमा खुसी व्यक्त गर्दै मोरु डिजिटल वालेटका प्रमुख कार्यकारी अधिकृत श्रीश पौडेलले भने, “हामी फोनपेसँग आबद्ध हुदै फोनपे नेटवर्कमा अबस्थित हुनुभएका देशभरका १४ लाख व्यवसायीहरु माझ, मोरु डिजिटल वालेट प्रयोगकर्ताहरूको पहुच पुर्याउन पाउँदा अत्यन्तै खुसी छौं। प्रयोगकर्ताहरूले यो साझेदारीको साथ अन्य फोनपे सेवाहरूबाट पनि लाभ उठाउन सक्नेछन्। नयाँ पदत्तिका सेवाहरु अंगाल्दै र थप्दै, हामी हाम्रा ग्राहकहरूको डिजिटल यात्रालाई अझै सहज बनाउने क्रम मा निरन्तर अगाडी बढिरहेका छौँ।” 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार