images
images

आजबाट इन्द्रजात्रा पर्व सुरुः हनुमाढोकामा ठड्याइयो इन्द्रध्वज लिंगो (तस्बिरहरू)

आजबाट इन्द्रजात्रा पर्व सुरुः हनुमाढोकामा ठड्याइयो इन्द्रध्वज लिंगो (तस्बिरहरू)

मंगलवार, असोज ९ २०८०
मंगलवार, असोज ९ २०८०
  • आजबाट इन्द्रजात्रा पर्व सुरुः हनुमाढोकामा ठड्याइयो इन्द्रध्वज लिंगो (तस्बिरहरू)
    images
    images

    काठमाडौँ / काठमाडौँ उपत्यकामा आज मंगलबारदेखि इन्द्रजात्रा पर्व विधिवत् रूपमा सुरु भएको छ । वसन्तपुरस्थित हनुमानढोकामा यःसीं अर्थात् इन्द्रध्वज (लिंगो) ठड्याएर जात्रा सुरु गरिएको हो ।

    बिहान १०ः३७ बजेको शुभसाइतमा हनुमानढोका दरबार क्षेत्रमा इन्द्रध्वजोत्थान गरिएको थियो । विशेष गरेर काठमाडौं उपत्यकामा ८ दिनसम्म मनाइने यो पर्वको औपचारिक सुरुवात इन्द्रको मूर्तिस्वरूप लिंगो ठड्याएर गरिन्छ।

    प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका परिसरमा इन्द्र देवताको पूजाआजा गरी इन्द्रध्वजसहितको लिंगो ठड्याएसँगै जात्रा सुरु हुने गर्छ । यसको मुख्य दिन असोज ११ गते हनुमानढोका दरबार क्षेत्रमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट व्यक्तिले इन्द्रजात्राको अवलोकन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

    इन्द्रजात्राको मुख्य आकर्षण कुमारीजात्रा हो । माथिल्लो, तल्लो र बीचका विभिन्न टोलमा कुमारी रथयात्रा गर्ने चलन छ । श्रीभैरव र श्रीगणेशको पनि रथयात्रा गर्ने चलन छ । इन्द्रजात्रालाई देवताहरूको जात्रा भन्ने गरिन्छ ।

    हेनुस् तस्बिरहरू– 

    Indrajatra (1).JPG

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    undefined

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार