images
images

नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा, राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध

नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा, राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध

बुधवार, असोज १० २०८०
बुधवार, असोज १० २०८०
  • नेपाल सुपर लिगमा मार्की खेलाडिको रूपमा, राष्ट्रिय टोलीका गोलकिपर श्रेष्ठ एफसी चितवन क्लबमा आवद्ध

    काठमाडौँ / नेपाल सुपर लिग (एनएसएल) फुटबलको आउँदो सिजनका लागि  नेपालको राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ मार्की प्लेयरको रूपमा एफ सी चितवन क्लबमा आबद्ध भएका छन् ।

    images
    images
    images
    images

    गेम वान प्रा.लि. अन्तर्गतको एफ सी चितवन क्लबका अध्यक्ष सचिन ढकाल र गोलकिपर विशाल श्रेष्ठबिच यो आबद्धतामा सहमति भएको हो । 

    नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिगको रूपमा रहेको नेपाल सुपर लिग (एनएसएल) मङ्सिर ८ देखि पुस १४ गते सम्म दशरथ रङ्गशाला काठमाण्डौँमा आयोजना हुँदैछ ।

    एनएसएलमा नेपालका ९ वटा फ्रेन्चाइज टिमहरू एफसी चितवन, काठमाडौँ रेजर्स, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी, धनगढी एफसी, विरगन्ज युनाइटेड, झापा एफसी र स्पोर्टिग इलाम टिमले प्रतिस्पर्धा गर्दै छन् ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार