images
images

११ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, साढे २ करोड जरिवाना, कुन–कुन परे ?

११ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, साढे २ करोड जरिवाना, कुन–कुन परे ?

बिहिवार, असोज ११ २०८०
बिहिवार, असोज ११ २०८०
  • images
    images
    ११ बैंक तथा वित्तिय संस्था राष्ट्र बैंकको कारवाहीमा, साढे २ करोड जरिवाना, कुन–कुन परे ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले ११ बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ। गत वर्ष बैंक तथा फाइनान्स कम्पनीहरुले केन्द्रीय बैंकका विभिन्न ऐन तथा निर्देशन पालना नगरेपछि ११ बैंक तथा वित्तीय संस्थालाई करोडौं रुपैयाँ जरिवाना तथा कारवाही गरेको हो ।

    images
    images

    राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ऐन तथा निर्देशन विपरित गतिविधि गरेका कारण राष्ट्र बैंकले ११ बैंक तथा वित्तबाट २ करोड ५७ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको देखाएको छ । तथ्याङ्कको अनुसार गत बर्ष ६ वटा विकास बैंक र ५ वटा फाइनान्स कमपनीलाई राष्ट्र बैंकले कारवाही तथा जरीवाना तिराएको हो । 

    गैर–स्थलगत सुपरिवेक्षणको आधारमा कैफियत देखिएपछि उक्त बैंक तथा वित्तिय संस्थाहरूलाई करोडौँ जरीवाना तथा कारवाही गरेको राष्ट्र बैंकले जनाएको छ । 

    गत वर्ष कारवाही पर्ने विकास बैंकहरूमा कर्णाली डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायाणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सालपा विकास बैंकलाई राष्ट्र बैंकले २ करोड ३९ लाख १९ हजार रुपैयाँ जरिवाना तिराएको जनाएको छ ।

    कुन विकास बैंकलाई जरिवाना कति ? 

    १. सप्तकोशी डेभलपमेन्ट बैंक 

    राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत वर्ष सबैभन्दा धेरै जरिवाना सप्तकोशी डेभलपमेन्ट बैंकलाई गरेको छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै सप्तकोशी डेभलपमेन्ट बैंकलाई ५ पटकसम्म कारवाही गरेर १ करोड २३ लाख ५१ ह्जार रुपैयाँ जरिवाना तिराएको हो । 

    राष्ट्र बैंकका अनुसार २०७९ साउनमा पहिलो पटक २१ लाख ८० हजार ६६३ रुपैयाँ, दोस्रो पटक भदौमा २८ लाख ९७ हजार ३५४ रुपैयाँ, तेस्रो पटक असोजमा ६ लाख ८२ हजार १२१ रुपैयाँ चौथो पटक ४९ लाख ५४ हजार ४९७ र पाँचौ पटक मंसिरमा १९ लाख ३६ हजार ६३५ रुपैयाँ जरिवाना तिराएको हो ।

    २. कर्पोरेट डेभलपमेन्ट बैंक

    गत बर्ष कर्पोरेट डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले ३ पटक कारवाही गरेर ६६ लाख ५२ हजार रुपैयाँ जरिवाना तिराएको छ । बैंकलाई कर्जा निक्षेप अनुपात कायम नगरेको भन्दै २०७९ साउनमा प्रथम पटक २० लाख १३ हजार रुपैयाँ, दोस्रो पटक भदौमा २३ लाख १४ हजार ४९३ रुपैयाँ, असोजमा तेस्रो पटक १७ लाख ९३ हजार ६४७ रुपैयाँ र कात्तिकमा चौंथो पटक ३ लाख ३५ हजार ४७४ रुपैयाँ र मंसिरमा पाँचौ पटक १ लाख ९६ हजार २६५ रुपैयाँ जरिवाना तिराएको हो ।

    ३. सिन्धु विकास बैंक

    गत वर्ष सिन्धु विकास बैंकलाई राष्ट्र बैंकले तीन पटक कारवाही गरेर २५ लाख ७ हजार रुपैयाँ जरिवाना तिराएको छ । तथ्याङ्क अनुसार राष्ट्र बैंकले २०७९ साउनमा प्रथम पटक १ लाख २६ हजार ३८४ रुपैयाँ, भदौम दोस्रो पटक १६ लाख ९९ हजार १५१ रुपैयाँ र असोजमा तेस्रो पटक ६ लाख ८२ हजार १२१ रुपैयाँ जरिवाना तिराएको हो ।

    ४. नारायणी डेभलपमेन्ट बैंक

    अनिवार्य नगद मौज्दात अनुपात र सीडी रेसियो कायम नगरेपछि नारायणी डेभलपमेन्ट बैंकबाट २२ लाख २० हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ । गत वर्ष यस बैंकलाई राष्ट्र बैंकले ८ पटकसम्म कारवाही गरेको तथ्याङ्कमा छ । 

    राष्ट्र बैंकका अनुसार सीडी रेसियो कायम नगर्दा २०७९ साउनमा प्रथम पटक ४ लाख ६३ हजार ७९४ रुपैयाँ, भदौमा दोस्रो पटक ५ लाख १६ हजार ३०७ रुपैयाँ, असोजमा तेस्रो पटक ५ लाख ८ हजार २ सय रुपैयाँ, कात्तिकमा चौंथो पटक ३ लाख ४ हजार २२९ रुपैयाँ र मंसिरमा पाँचौ पटक २ लाख ५१ हजार ३२४ रुपैयाँ जरिवाना तिराएको थियो ।

    यता, अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै प्रथम पटक ३ हजार ९४८ रुपैयाँ, दोस्रो पटक ६३ हजार ७८२ रुपैयाँ र तेस्रो पटक १ लाख ८ हजार ७७० रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।

    ५. कर्णाली डेभलपमेन्ट बैंक

    गत वर्ष कर्णाली डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले विभिन्न शिर्षकमा तीन पटकसम्म कारवाही गरेको छ । राष्ट्र बैंकका अनुसार अनिवार्य मौज्दात र विपन्न वर्ग कर्जा शिर्षकमा १ लाख ८६ हजार रुपैयाँ जरिवाना तिराएको हो । जसमध्ये अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक ७०६ रुपैयाँ र दोस्रो पटक ३२ हजार ९६९ रुपैयाँ र विपन्न वर्ग कर्जामा १ लाख ५२ हजार रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।

    ६. सालपा विकास बैंक

    सालपा विकास बैंकलाई भने अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक ३५३ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकले जनाएको छ ।राष्ट्र बैंकले गत वर्ष विभिन्न ५ वटा फाइनान्स कम्पनीलाई कारवाही तथा जरिवाना गरेको छ । 

    कुन फाइनान्स कम्पनीलाई कति ? 

    राष्ट्र बैंकले गत बर्ष ५ फाइनान्स कम्पनीलाई बारवाही तथा जरिवाना गरेको छ । जसमा नेपाल फाइनान्स, जानकी फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र मल्टीपर्पस फाइनान्सलाई विभिन्न शिर्षकमा राष्ट्र बैंकले १८ लाख १४ हजार रुपैयाँ जरिवाना तिराएको तथ्याङ्क छ । 

    १. जानकी फाइनान्स

    गत वर्ष राष्ट्र बैंकले जानकी फाइनान्सलाई ३ पटकसम्म कारवाही गरेर जरिवाना तिराएको छ । बैंकले यस फाइनान्सलाई सीडी रेसियो कायम नगरेको भन्दै ३ पटकसम्म १३ लाख ७३ हजार रुपैयाँ कारवाही गरेर जरिवाना तिराएको हो । 

    यस कमपनीलाई २०७९ साउनमा प्रथम पटक ६ लाख ५५ हजार १९३ रुपैयाँ, भदौमा दोस्रो पटक ६ लाख ३७ हजार ७९९ रुपैयाँ र असोजमा तेस्रो पटक ८० हजार ९८५ रुपैयाँ जरिवाता तिराएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    २. नेपाल फाइनान्स

    गत वर्ष राष्ट्र बैंकले नेपाल फाइनान्सलाई सीडी रेसियो सीमाभन्दा बढी पुगेपछि ३ पटकसम्म ३ लाख ३४ हजार रुपैयाँ जरिवाना तिराएको छ ।  यस कम्पनीलाई २०७९ साउनमा प्रथम पटक १९ हजार ३३० रुपैयाँ, भदौमा दोस्रो पटक १ लाख ६५ हजार ५८४ रुपैयाँ र असोजमा तेस्रो पटक १ लाख ४९ हजार ३६४ रुपैयाँ जरिवाता तिराएको राष्ट्र बैंकले जनाएको छ ।

    ३. समृद्धि फाईनान्स

    समृद्धि फाइनान्सलाई सीडी रेसियो कायम नगरेपछि प्रथम पटक भदौमा ८० हजार ७४४ रुपैयाँ जरिवाना तिराएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

    ४. प्रोग्रेशिभ फाइनान्स

    प्रोग्रेशिभ फाइनान्सलाई भने अनिवार्य मौज्दात कायम नगरेको भन्दै प्रथम पटक २३ हजार १८८ रुपैयाँ जरिवाना तिराएको थियो ।

    ५. मल्टीपर्पस फाइनान्स 

    मल्टीपर्पस फाइनान्सलाई भने अनिवार्य नगद मौज्दात अनुपात कायम नगरेको भन्दै प्रथम पटक २ हजार ७०१ रुपैयाँ जरिवाना तिराएको थियो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार