काठमाडौँ / नेपाल एसबिआई बैंक लिमिटेडले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम् रत्ननगर, चितवनलाई सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ ।
कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यलय प्रमुख, प्रविणमुनि बज्राचार्यले गायत्री बेद बेदाङ्ग संस्कृत विद्यालय गुरुकुलम्का प्राचार्य, सुभास चालिसेलाई औपचारिक रूपमा सहयोग रकम हस्तान्तरण गरेका थिए ।
उक्त कार्यक्रममा बैंक तथा गुरुकुलका अन्य वरिष्ठ पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समय समयमा यस्ता गतिविधिहरू गर्दै आइरहेकोे छ ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।