images
images

नबिल बैंकको कल सेन्टरमा फोन गर्दा अब पैसा नलाग्ने

नबिल बैंकको कल सेन्टरमा फोन गर्दा अब पैसा नलाग्ने

शुक्रवार, पुस ५ २०८१
शुक्रवार, पुस ५ २०८१
  • नबिल बैंकको कल सेन्टरमा फोन गर्दा अब पैसा नलाग्ने
    images
    images

    काठमाडौँ / नबिल बैंकले नबिल कस्टमर केयर सेन्टरमा फोन गर्दा अब पैसा नलाग्ने भएको छ । बैंकले टोल-फ्री नम्बर समावेश गरेसँगै ग्राहकहरूले यस्तो सेवा पाउने भएका हुन्। 

    ग्राहकलाई थप सरल, निःशुल्क र पहुँचयोग्य बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले यस्तो सुविधा सुरु गरेको बैंकले जनाएको छ । 

    अब ग्राहकहरूले नेपाल टेलिकम (एनटिसी) र एनसेल नेटवर्कमार्फत बिना कुनै शुल्क बैंकको कल सेन्टरमा सम्पर्क गर्न सकिनेछ ।

    यस्तो सुविधाको प्रयोग गर्दै खाता विवरण, लेनदेन सोधपुछ, प्राविधिक सहायता र बैंकिङ सेवासँग सम्बन्धित कुनै पनि समस्या समाधानमा सहज पहुँच उपलब्ध हुनेछ ।

    बैंकले एनटिसी प्रयोगकर्ताको लागि टोल-फ्री नम्बर १६६००-१६२२४५ र एनसेल प्रयोगकर्ताको लागि १८१०२-१६२२४५ नम्बरमा कल गर्ने सुविधा दिइएको छ । 

    यस सेवाका मुख्य विशेषताहरू

    - निःशुल्क सम्पर्कः ग्राहकहरूले बिना कुनै शुल्क देशभरबाट बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन्।

    - २४/७ सेवा उपलब्धताः टोल-फ्री नम्बर २४ घण्टा, सातै दिन सञ्चालनमा रहनेछ।

    - दक्ष र व्यावसायिक सेवाः प्रशिक्षित 

    - प्रतिनिधिहरूले ग्राहकका समस्याहरू शीघ्र र प्रभावकारी रूपमा समाधान गर्नेछन्।

    -विविध च्यानल पहुँचः ग्राहकले टोल-फ्री नम्बरको अतिरिक्त बैंकको मोबाइल एप, भाइबर, वेबसाइट र शाखा नेटवर्कबाट पनि सेवा लिन सक्नेछन्।

    ग्राहक सन्तुष्टि र सेवा सुधारलाई निरन्तर प्राथमिकतामा राख्दै नबिल बैंकले यो सेवा सुचारु गरेको हो । बैंकले टोल-फ्री नम्बरको एकीकरणले ग्राहक र बैंकबीचको सम्पर्कलाई थप सहज र प्रभावकारी बनाउने विश्वास गरेको छ । 

    बैंकले आफ्ना सम्पूर्ण ग्राहकलाई कुनै पनि सोधपुछ, सहायता वा सेवा आवश्यकताका लागि यो सुविधा प्रयोग गर्न आग्रह गरेको छ । 

    नबिलले नेपालको पहिलो निजी वाणिज्य बैंकका रूपमा ४० वर्षदेखि आधुनिक, डिजिटल र ग्राहक-केन्द्रित वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ । 

    बैंकले आफ्नो सेवा सञ्जाल र प्रविधिमा निरन्तर सुधार गर्दै आएको छ ।

    नबिलले देशभर २६८ शाखा सञ्जालसहित ३२० एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २४ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार