images
images

बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षित

बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षित

शुक्रवार, असोज १२ २०८०
शुक्रवार, असोज १२ २०८०
  • बीवाइडीको ब्लेड ब्याट्री टेष्ट कार्यक्रम सम्पन्न, एनसीएम ब्याट्री भन्दा सुरक्षित

    काठमाडौँ / बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंक प्रालिले ब्लेड ब्याट्री र एनसीएम ब्याट्री दुबैको ‘नेल पेनीट्रेसन टेष्ट’ गरेको छ । आज काठमाडौंमा भएको उक्त परिक्षणमा रियोले दुबै ब्याट्रीलाई प्वाल पारिएको थियो ।

    images
    images

    यसरी प्वालपार्दा ब्लेड ब्याट्रीले कुनै किसिमको आवाज आउने, धुँवा निस्कने वा आगोलागी हुने कुनै घटना भएन । त्यहि एनसीएम ब्याट्री भने पड्केर ठूलो आवाजसहित आगलागी भएको थियो ।

    ‘नेल पेनीट्रेसन टेष्ट’ ब्याट्रीको तापक्रम बढाएर गरिने सबैभन्दा कठिन परिक्षण हो । ब्याट्रीलाई मेसिनले थिचेर र सियो जस्तो किलाले प्वाल पारेर यसको परिक्षण गरिएको थियो । यसरी प्वाल पर्दा बीवाइडीको ब्लेड व्याट्री ६० डिग्रीसम्म तातेको थियो । त्यहि एनसीएम ब्याट्री ५०० डिग्री तातेर आगलागी भएको थियो ।

    कम्पनीले बिक्री गर्ने सबै गाडीमा ब्लेड ब्याट्री प्रयोग भएको बताउँदै साइमेक्स इंकको सीईओ सहिल श्रेष्ठले भने, ‘सुरक्षामा अब्बल ब्लेड ब्याट्री रहेका सबै गाडी हामीले उपलब्ध गराएका छौं । प्रोडक्ट रेन्जसँग बीवाइडीको ब्लेड ब्याट्रीको सुरक्षामा एकिन गराउन यो परिक्षण गरेका हौं ।’

    बीवाइडी हेडक्वाटरको सहयोग र बीवाइडी भारत टेक्नीकल सपोर्टमा उक्त कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठले बताए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार