images
images

सरकारले उठायो ७२ अर्ब ३१ करोड आन्तरिक ऋण, ब्याजदर कति ?

सरकारले उठायो ७२ अर्ब ३१ करोड आन्तरिक ऋण, ब्याजदर कति ?

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • सरकारले उठायो ७२ अर्ब ३१ करोड आन्तरिक ऋण, ब्याजदर कति ?

    काठमाडौँ / चालु आर्थिक वर्षमा सस्तो ब्याजदरमै सरकारले ७२ अर्ब रुपैयाँ बढी आन्तरिक ऋण उठाएको छ । 

    images
    images

    ५ वर्षदेखि ८ वर्षसम्मको लामो अवधिका लागि केन्द्रीय बैंकमार्फत सरकारले औसत ६.९७ प्रतिशतको ब्याजदरमा नै कूल ७२ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको हो । 

    आर्थिक वर्षको असोज १४ गतेसम्ममा १० पटक गरी केन्द्रीय बैंकले ७२ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाएको हो । अघिल्लो वर्षको तुलनामा सरकारले सस्तो ब्याजरमा ऋण उठाएको छ । 

    गत आर्थिक वर्ष २०७९/८० मा सरकारले औसत ८.६४ प्रतिशतको ब्याजदरमा विकास ऋणपत्रमार्फत एक खर्ब रुपैयाँ आन्तरिक ऋण उठाएको थियो ।  बजारमा तरलता सहज भएसँगै सरकारले सस्तो ब्याजदरमा ऋण पाएको हो ।

    यसले सरकारी दायित्व समेत कम भई राष्ट्रिय लगानीको वातावरण बनेको केन्द्रीय बैंकले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार