images
images

८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बोलकबोल कहिले ?

८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बोलकबोल कहिले ?

बुधवार, असोज १७ २०८०
बुधवार, असोज १७ २०८०
  • images
    images
    ८ वर्षका लागि १० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार, बोलकबोल कहिले ?

    काठमाडौँ / नेपाल राष्ट्र बैंकले असोज १९ गते १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ८ वर्षे अवधिको विकास ऋणपत्र २०८८ ‘ङ’ जारी गर्ने भएको हो । 

    images
    images

    आगामी शुक्रबार अर्थात् असोज १९ गते बिक्री हुने विकास ऋणपत्रको बिहीबार दिउँसो ३ बजे बोलकबोल हुने केन्द्रीय बैंकले जनाएको छ । 

    इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले यस विकास ऋणपत्रमा लगानी गर्न सक्नेछन् । तोकिएको अवधिभित्र आवश्यक प्रक्रिया पु¥याएर ऋणपत्रका लागि आवेदन दिन सकिनेछ । 

    बैंकका अनुसार कूल बिक्री हुने ऋणपत्र मध्ये ८५ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड रुपैयाँ आपसी प्रतिस्पर्धामा बिक्री गरिनेछ भने बाँकी १ अर्ब ५० करोड विनाप्रतिस्पर्धा बिक्री गरिनेछ । खरिदकर्ताले घटीमा ५० हजार रुपैयाँदेखि बढीमा कूल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्मका लागि आवेदन दिन सक्नेछन् । 

    २०८० असोज १९ गतेदेखि सुरु हुने ऋणपत्र २०८८ असोज १९ गते गते परिपक्व हुनेछ । ऋणपत्रको ब्याज भने अर्धवार्षिक अर्थात् ६/६ महिनामा प्रदान गरिने केन्द्रीय बैंकले जनाएको छ । 

    यस्ता छन् शर्तहरु

    (क) खरिद गर्न पाउने सीमाः घटीमा रु. पचास हजार र बढीमा कुल निष्काशित रकमको सीमामा नबढाई रु. पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा ।

    (ख) यो ऋणपत्र खरिदका लागि व्यक्ति तथा संस्थाले बोलकबोल प्रक्रियाअन्तर्गत प्रतिस्पर्धी वा अप्रतिस्पर्धी कुनै
    एक बोलवालाको रुपमा मात्र भाग लिन सक्नेछन् । यस बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग”
    वर्गका बैंक तथा वित्तीय संस्थाले अप्रतिस्पर्धीको रुपमा भाग लिन पाउने छैनन्।

    (ग) प्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकम र कबोल गर्न चाहेको ब्याजदर (दशमलव पछाडि दुई
    अंकसम्म मात्र) उल्लेख गर्नु पर्नेछ । ईच्छुक बोलवालाले बहु–ब्याजदरमा समेत बोल गर्न सक्नेछन्।

    (घ) अप्रतिस्पर्धी बोलवालाले खरिद गर्न चाहेको रकममात्र उल्लेख गर्नु पर्नेछ । प्रतिस्पर्धी बोलकबोलवाट निर्धारित
    एकल ब्याजदरमा अप्रतिस्पर्धी बोलवालालाई उक्त ऋणपत्र बिक्री गरिनेछ ।

    (ङ) नेपाल राष्ट्र बैंकमा खाता नभएका बोलवालाहरुले आफूले खरिद गर्न चाहेको रकमको २.५० प्रतिशतले हुने
    अर्नेष्ट मनी वापत्को रकम यस बैंकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा जम्मा गरेको
    सक्कल भौचर यस विभागमा २०८० असोज १८ गते दिनको ३ः०० बजेभित्र पेश गर्नु पर्नेछ ।

    (च) नेपाल राष्ट्र बैंकमा खाता भएका बोलवालाहरुले उक्त अर्नेष्ट मनी वापत्को रकम आ–आफ्नो खातामा
    मौज्दात कायम गर्नु पर्नेछ ।

    (छ) व्यक्ति बोलवाला भएको खण्डमा अर्नेष्ट मनी जम्मा गरेको सक्कल भौचर र नागरिकता प्रमाणपत्रको
    छविचित्र साथमा लिई यस विभागमा आई Online Bidding System गर्नु पर्नेछ ।

    (ज) यस बैकमा खाता नहुने सफल बोलवालाले निष्काशन मिति २०८० असोज १९ गते मध्यान्ह १२ः००
    बजेभित्र यस बैकमा रहेको खाता नं. १२०००००–०१५–११५–५२४ मा बाँकी रकम जम्मा गरेको भौचर यस
    विभागमा पेश गरी सक्नु पर्नेछ । उक्त समयभित्र आवश्यक रकम दाखिला नगरेमा अर्नेष्ट मनी वापत्को
    रकम जफत हुनेछ ।

    (झ) अस्वीकृत बोलवालाहरुको अर्नेष्ट मनी वापत्को रकम यससम्बन्धी निर्णय भएको मितिले ७ दिनभित्र बिना
    ब्याज फिर्ता हुनेछ ।

    (ञ) प्राप्त बोल आंशिक वा पूर्ण रुपमा स्वीकृत गर्ने वा नगर्ने अधिकार यस बैंकको खुला बजार सञ्चालन
    समितिलाई हुनेछ ।

    (ट) यस ऋणपत्रको दोस्रो बजार कारोबार नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमार्फत्मात्र हुनेछ ।

    (ठ) अन्य थप जानकारीका लागि यस विभागको फोन नं.०१–४४१९८०५ EXT: ८३५ मा सम्पर्क राख्नु हुन
    अनुरोध छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    थप समाचार